पार्टीमा राम्रो टिम बनाएर फरक भूमिकामा बस्छु : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा राम्रो टिम बनाएर अलग भूमिकामा बस्न चाहेको बताएका छन् । शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टिम बनेपछि आफू फरक भूमिकामा रहने बताएका हुन् । ‘आजका मितिमा नेतृत्व हस्तान्तरणको कुरा उपयुक्त छैन् । उपमहासचिव जनार्दन शर्माको […]

Aug 30, 2024 - 07:03
 0
पार्टीमा राम्रो टिम बनाएर फरक भूमिकामा बस्छु : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा राम्रो टिम बनाएर अलग भूमिकामा बस्न चाहेको बताएका छन् ।

शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टिम बनेपछि आफू फरक भूमिकामा रहने बताएका हुन् ।

‘आजका मितिमा नेतृत्व हस्तान्तरणको कुरा उपयुक्त छैन् । उपमहासचिव जनार्दन शर्माको प्रस्तावमा पनि त्यो छैन्,’ उनले भने, ‘सधैं नेतृत्व गरिराख्ने रुचि पनि मेरो छैन् ।’

प्रचण्डले आफू अध्यक्ष पदभन्दा माथि रहेको भन्दै देश दुनियाँले नेपालको ठूलो क्रान्तिकारी नेताको रुपमा स्वीकार गरिसकेको उल्लेख गरे । उनले भने, ‘अध्यक्ष पदभन्दा माथि प्रचण्ड हो भन्ने कुरा बुझ्न आवश्यक छ ।’

पार्टीमा राम्रो टीम बनाएर आफू फरक भूमिका जान चाहेको प्रचण्डले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register