धनुषामा आयल निगमका कर्मचारीको हत्या

जनकपुरधाम । धनुषामा नेपाल आयल निगमका एक कर्मचारीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर डिपोमा कार्यरत राकेश वर्माको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निगमकै दुई कर्मचारीबीच झगडा हुँदा वर्माको हत्या भएको हो । सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । घटना बिहीबार राति १० […]

Aug 30, 2024 - 06:51
 0
धनुषामा आयल निगमका कर्मचारीको हत्या

जनकपुरधाम । धनुषामा नेपाल आयल निगमका एक कर्मचारीको हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर डिपोमा कार्यरत राकेश वर्माको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निगमकै दुई कर्मचारीबीच झगडा हुँदा वर्माको हत्या भएको हो । सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार भएको पाइएको प्रहरीले जनाएको छ ।

घटना बिहीबार राति १० बजेको हो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, परिचय भने खुलाएको छैन ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register