नाडा अटो शो : अधिकांश चिनियाँ ब्राण्डमा कालोबजारी, नेपालको कानुनलाई ‘धोती लगाएर’ गरिँदैछ मनपरी !

काठमाडौँ । नाडा अटो शोमा अधिकांश चिनियाँ ब्राण्डका नाममा कालोबजारी भईरहेको खुलासा भएको छ । इभीमा जनतालाई प्रोत्साहन गर्ने भन्दै सरकारलाई कर छुटको निर्णय गराउन सफल भएका व्यापारीहरुले अन्तत: कानुनले नै बर्जित गरेको नाफा राखेर मनपरी ढंगले नेपालमा खुलेआम कालोबजारी गरिरहेको खुलासा भएको छ । नेपालको प्रचलित कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय […]

Aug 30, 2024 - 07:43
 0
नाडा अटो शो : अधिकांश चिनियाँ ब्राण्डमा कालोबजारी, नेपालको कानुनलाई ‘धोती लगाएर’ गरिँदैछ मनपरी !
काठमाडौँ । नाडा अटो शोमा अधिकांश चिनियाँ ब्राण्डका नाममा कालोबजारी भईरहेको खुलासा भएको छ । इभीमा जनतालाई प्रोत्साहन गर्ने भन्दै सरकारलाई कर छुटको निर्णय गराउन सफल भएका व्यापारीहरुले अन्तत: कानुनले नै बर्जित गरेको नाफा राखेर मनपरी ढंगले नेपालमा खुलेआम कालोबजारी गरिरहेको खुलासा भएको छ ।
नेपालको प्रचलित कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार व्यापारीले खान पाउने अधिकतम नाफा २० प्रतिशत हो । तर एउटै गाडीमा ६० प्रतिशतबढी नाफा राखेर चिनियाँ ब्राण्डले नेपालमा रजगज गरिरहेका छन् । खुलेआम कालोबजारी हुँदा पनि ती गाडीलाई न कसैले कारवाही गर्न सकेको छ, न सरकारको ध्यान त्यसमा गएको छ । अझ व्यापारीहरुले त, ‘हामीले सबैलाई मिलाईसक्यौँ’ शैलीमा मनपरी गरिरहेका छन् ।
एउटै गाडीमा ३० लाख बढी फाइदा, एक उदाहरण !
उदाहरणका लागि चेरीको सब ब्रान्ड जेकोको जेसिक्स नाडा अटो शोमा छुटसहितको रकम ६६ लाख ९९ हजार रुपैयाँ राखिएको छ । जवकि यो गाडीको चीनमा मूल्य नेपाली रुपैयाँमा दाँजेर हेर्दा जम्मा २२ लाख रुपैयाँ छ ।
सरकारले भन्सारमा इभिका लागि दिएको छुटपछि बुझाउनुपर्ने शुल्क, ढुवानी ३० प्रतिशत र तर ३५ लाखको गाडीलाई ६६ लाख ९९ हजार राखेर कम्पनीले छुटको नाटक गरिरहेको छ ।
यो त उदाहरणमात्र हो, नाडा अटो शोमा यसरी सिधा बढी रकम देखाएर छुटको नाटक गरिएको मात्र छैन, कालोबजारी गरिएको छ ।
अधिकांश चिनियाँ ब्राण्डमा कालोबजारी !
यसो त अधिकांश चिनियाँ ब्राण्डमा कालोबजारी भईरहेको छ । कतिपयले भन्सारमै मिलाएर त कतिपयले सरकारसँग आफ्नो सेटिङ रहेको भन्दै खुलेआम कालोबजारी गरिरहेका छन् । तर आफुहरुले ठुलै नेताहरुलाई मिलाईसकेको दाबी गर्ने व्यापारीहरुलाई यो विषयमा कसैले पनि छुन सकेको छैन । त्यसमाथि पनि चिनियाँ दुताबासको अस्वभाविक सक्रियता नाडामा देखिनुले पनि सरकारले कालोबजारीमा संलग्नहरुलाई कारवाहीको आँट गरिरहेको छैन । विभिन्न गाडीमा खुलेआम कालोबजारी हुँदा केहि राम्रा व्यवसायीहरुलाईसमेत असर परिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register