प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ, नाडा अटो शोलाई ‘झापड’ !

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९औं दीक्षान्तअघि  सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल […]

Aug 30, 2024 - 08:03
 0
प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ, नाडा अटो शोलाई ‘झापड’ !
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९औं दीक्षान्तअघि  सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।
कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याइएको हो । प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै  हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए ।
 
नाडा अटो शोलाई ‘झापड’ !
यसो त सो कारको कुनै न कुनै रुपमा नाडा अटो शोमा उद्घाटन गर्नेगरी व्यवस्था गर्न नाडाका केहि अधिकारीहरुले पहल सुरु गरेका थिए । तर प्रधानमन्त्री नाडा अटो शोमा नजाने र प्रधानमन्त्री नै आउने भएपछि विश्वविद्यालयमै उद्घाटन गर्दा राम्रो हुने भन्दै विश्वविद्यालयका केहि अधिकारीहरुले नाडाका प्रतिनिधिहरुलाई ‘नो’ भनेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register