जेसिजको ९औँ स्थापना दिवस: कैलालीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । जेसिजको ९औँ स्थापना दिवसको अवसरमा कैलालीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । स्थापना दिवसको अवसरमा जेसिज धनगढी उपमहानगरपालिका फूलवारी क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलवारीको सहयकार्यमा ‘ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा मोटरसाइकल, अटोरिक्सा र साना तथा ठूला सवारी साधन चालकहरुलाई ट्राफिक नियम पालनाबारे जानकारी गराइएको अस्थायी ट्राफिक प्रहरी […]

Sep 7, 2024 - 08:19
 0
जेसिजको ९औँ स्थापना दिवस: कैलालीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । जेसिजको ९औँ स्थापना दिवसको अवसरमा कैलालीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थापना दिवसको अवसरमा जेसिज धनगढी उपमहानगरपालिका फूलवारी क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलवारीको सहयकार्यमा ‘ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मोटरसाइकल, अटोरिक्सा र साना तथा ठूला सवारी साधन चालकहरुलाई ट्राफिक नियम पालनाबारे जानकारी गराइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलवारीका इन्चार्ज तथा प्रहरी हवल्दार शिद्धराज विष्टले जानकारी दिएका छन् ।

पछिल्लो समय सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य भूमिका खेल्दै आएको ट्राफिक प्रहरीको काममा यस्ता खालका कार्यक्रमले ठूलो सहयोग र भूमिका खेल्ने प्रह विष्टले बताएका छन् । उनले आगामी दिनमा यस्ता खालका कार्यक्रम थप हुनेमा विश्वास व्यक्त गर्दै सबैलाई ट्राफिक नियम पालना गर्न पनि अनुरोध गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register