रिलायन्स स्पिनिङस् मिल्समाथि थप अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन ! 

काठमाडौँ । रिलायन्स स्पिनिङस् मिल्सको आइपीओ प्रकरणमा थप अनुसन्धान गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका क्रममा गृहमन्त्री रमेश लेखकले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । सीआईबीले रिलायन्समाथिको छानविन किन रोक्यो ? गलत भएको प्रष्ट हुँदा पनि किन छानविन रोकियो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको […]

Aug 30, 2024 - 08:51
 0
रिलायन्स स्पिनिङस् मिल्समाथि थप अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन ! 
काठमाडौँ । रिलायन्स स्पिनिङस् मिल्सको आइपीओ प्रकरणमा थप अनुसन्धान गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका क्रममा गृहमन्त्री रमेश लेखकले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
सीआईबीले रिलायन्समाथिको छानविन किन रोक्यो ? गलत भएको प्रष्ट हुँदा पनि किन छानविन रोकियो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै यस विषयमा थप आवश्यक छानविन गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
‘जहाँसम्म रिलायन्स स्पिनिङ मिल्सको कुरा छ, प्रहरीको स्वयम् महानिरीक्षक यहाँ बस्नुभएको छ । उहाँलाई म निर्देश पनि गर्न चाहान्छु कि यस विषयमा प्रहरीले र मन्त्रालयले विशेष ध्यान दिनेछ ।’ गृहमन्त्री लेखकले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register