साहस उर्जाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने

काठमाडौँ । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तवित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । लाभांश […]

Sep 18, 2024 - 08:36
 0
साहस उर्जाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने

काठमाडौँ । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तवित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले कार्तिक ४ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register