कोशी सरकारबाट समर्थन फिर्ता लिँदै माओवादी केन्द्र

झापा, १४ भदौ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बस्न लागेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । केन्द्रमा कांग्रेस–एमालेबिच गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको [...] The post कोशी सरकारबाट समर्थन फिर्ता लिँदै माओवादी केन्द्र appeared first on Jhapa Online.

Aug 30, 2024 - 08:52
 0
कोशी सरकारबाट समर्थन फिर्ता लिँदै माओवादी केन्द्र

झापा, १४ भदौ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बस्न लागेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । केन्द्रमा कांग्रेस–एमालेबिच गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको थियो ।कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ ।

माओवादी सांसदहरूको समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार गठन भएको उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । नेपाली कांग्रेस भने प्रदेश सरकारमा सहभागी भएको छैन । यद्यपि सत्तापक्षको कुर्सीमा बस्ने उसले जनाएको छ ।

The post कोशी सरकारबाट समर्थन फिर्ता लिँदै माओवादी केन्द्र appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register