छिट्टै नयाँ घरमा सर्दै दीपिका, बन्नेछिन् शाहरुखको छिमेकी

काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह छिट्टै आमाबुबा बन्न लागेका छन् । यति बेला अभिनेत्रीले आफ्नो कामबाट ब्रेक लिएर आफ्नो गर्भावस्थाको समयमा रमाइलो गरिरहेकी छिन् । उनका तस्वीरहरू पनि सामाजिक सञ्जालमा प्राय: भाइरल हुन्छन् । गर्भवती भएसँगै दीपिका बान्द्रास्थित आफ्नो नयाँ घरको बारेमा पनि लामो समयदेखि चर्चामा छिन् । उनी चाँडै आफ्नो […]

Aug 30, 2024 - 08:59
 0
छिट्टै नयाँ घरमा सर्दै दीपिका, बन्नेछिन् शाहरुखको छिमेकी

काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह छिट्टै आमाबुबा बन्न लागेका छन् । यति बेला अभिनेत्रीले आफ्नो कामबाट ब्रेक लिएर आफ्नो गर्भावस्थाको समयमा रमाइलो गरिरहेकी छिन् । उनका तस्वीरहरू पनि सामाजिक सञ्जालमा प्राय: भाइरल हुन्छन् ।

गर्भवती भएसँगै दीपिका बान्द्रास्थित आफ्नो नयाँ घरको बारेमा पनि लामो समयदेखि चर्चामा छिन् । उनी चाँडै आफ्नो पहिलो सहकर्मी शाहरुख खानको घर नजिकैको एउटा अपार्टमेन्टमा सर्दैछिन् भन्ने खबर आएको थियो । अब बच्चा जन्मनुअघि नै उनीहरूको नयाँ घर तयार भइसकेको छ, जसको मूल्य करोडौँ रहेको छ ।

दीपिका पादुकोणले कति करोडमा किनिन् यो घर ?

रिपोर्टका अनुसार दीपिका र रणवीर चाँडै मुम्बईको बान्द्रा क्षेत्रमा रहेको आफ्नो सी–फेसिङ घरमा सिफ्ट हुन सक्छन् । उनको नयाँ घर शाहरुख खानको घर ‘मन्नत’ नजिकैको बान्द्रा–ब्यान्डस्ट्यान्डको नजिक क्वाड्रप्लेक्स हो ।

रिपोर्टका अनुसार उनको घरको मूल्य भारु १०० करोडभन्दा बढी रहेको दाबी पनि गरिएको छ ।

यसअघि अभिनेत्रीले अलिबागमा भारु २२ करोड रुपैयाँको बङ्गला पनि किनेकी थिइन् । उनले यस भवनको १६ देखि १९औं तला खरिद गरेको बताइएको छ । दीपिका पादुकोण र रणवीर सिंहले यस वर्षको फेब्रुअरी २९ मा फ्यानहरूसँग चाँडै नै आमाबुवा बन्ने कुरा बताएका थिए ।

दुवैले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेका छन् । अभिनेत्रीले यसै वर्षको सेप्टेम्बर महिनामा बच्चालाई जन्म दिन सक्ने बताइएको छ । दीपिकाको फिल्मको कुरा गर्दा उनी छिट्टै रोहित शेट्टीको फिल्म सिंघम अगेनमा देखिनेछिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register