जनताको गुनासो सुन्न भक्तपुर पुगे राष्ट्रपति, गुनासो सुनाउने जनता भन्दा सुरक्षाकर्मी र आसेपासे धेरै ! (फोटो-कथा) 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जनताको गुनासो सुन्न शुक्रबार भक्तपुर पुगेका छन् । हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज उनी भक्तपुर गएका हुन् । भक्तपुरमा राष्ट्रपति पौडेलले भक्तपुरका स्थानीय जनतासँग कुराकानी गरेर उनीहरूको गुनासो सुनेको बताइएको छ । तर, जनताको कुरा सुन्ने भनेका राष्ट्रपतिको वरिपरि जनताभन्दा […]

Aug 30, 2024 - 13:52
 0
जनताको गुनासो सुन्न भक्तपुर पुगे राष्ट्रपति, गुनासो सुनाउने जनता भन्दा  सुरक्षाकर्मी र आसेपासे धेरै ! (फोटो-कथा) 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जनताको गुनासो सुन्न शुक्रबार भक्तपुर पुगेका छन् । हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज उनी भक्तपुर गएका हुन् ।

भक्तपुरमा राष्ट्रपति पौडेलले भक्तपुरका स्थानीय जनतासँग कुराकानी गरेर उनीहरूको गुनासो सुनेको बताइएको छ । तर, जनताको कुरा सुन्ने भनेका राष्ट्रपतिको वरिपरि जनताभन्दा धेरै सुरक्षाकर्मी र आसेपासे मात्रै भएको स्थानीय जनताले नै गुनासो गरेका छन् । 

‘जनताका कुरा सुन्न राष्ट्रपतिज्यु हाम्रो ठाउँमा आउनुभयो । खुसी लागेको छ ।’, एक स्थानीयले भने, ‘तर जनताको गुनासो सुन्ने कार्यक्रममा जनता भन्दा धेरै राष्ट्रपति ज्युका सुरक्षाकर्मी र आसेपासे मात्रै थिए । खासै जनताकै कुरा सुन्ने मौका राष्ट्रपति स्वयमले पाउनुभएन ।’

यसैबीचराष्ट्रपतिले अब हरेक महिनाको एक दिन सार्वजनिक स्थानमा गएर जनतासँग अन्तरक्रिया गर्ने बताएका छन् । तर, जनतासँग कुराकानी गर्ने क्रममा सकेसम्म वास्तविक स्थानीय र जनताकै कुरा सुन्नेगरी व्यवस्था मिलाउन स्थानीयले आग्रह गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register