यादव पक्षले फैलाएको भ्रममा नपर्न नेसपाको आग्रह

काठमाडौं । ​​ नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टीका नेता महिन्द्रराय यादव पक्षले फैलाएको भ्रममा नपर्न आग्रह गरेको छ । शुक्रबार प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ लगायतका नेताले फैलाएको भ्रममा नपर्न आग्रह गरेको हो । ‘पार्टीको उच्च–विचार, कार्यदिशा र वैकल्पिक राजनीतिको नयाँ बाटोमा यात्रा गर्न नसकेका महिन्द्रराय यादव, गंगानारायण […]

Aug 30, 2024 - 14:52
 0
यादव पक्षले फैलाएको भ्रममा नपर्न नेसपाको आग्रह

काठमाडौं । ​​ नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टीका नेता महिन्द्रराय यादव पक्षले फैलाएको भ्रममा नपर्न आग्रह गरेको छ । शुक्रबार प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ लगायतका नेताले फैलाएको भ्रममा नपर्न आग्रह गरेको हो ।

‘पार्टीको उच्च–विचार, कार्यदिशा र वैकल्पिक राजनीतिको नयाँ बाटोमा यात्रा गर्न नसकेका महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठ लगायतका केही अनुशासनहीन व्यक्तिहरूले अझै पनि आफ्नो निहित स्वार्थ पूरा गर्ने दूषित मनसायले पार्टीको नाम, झण्डा र एजेन्डाहरूलाई दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता शर्माले यादव पक्षले पार्टी र वैकल्पिक राजनीतिको हित विपरीत गतिविधि गरिरहेको विज्ञप्तिमा जनाएका छन् ।  शर्माले भनेका छन्, ‘हाल हाम्रो पार्टीको साधारण सदस्य समेत नरहेका र निर्वाचन आयोगको विधिगत अभिलेखीकरणमा नामै नरहेका व्यक्तिहरूले पार्टीको काँधमा चढेर सत्ता र शक्तिको उपभोग गर्दै पार्टी र वैकल्पिक राजनीतिको हित विपरीत गतिविधि गरिरहेका थिए र छन् ।’

अराजनीतिक एवं पथभ्रष्ट पात्र र प्रवृत्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टी बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register