बेलायतमा आत्महत्या गरेकी विनिताको शव नेपाल पठाउन सहयोग जुटाइंदै

लन्डन- केही दिनअघि बेलायतमा आत्महत्या गरेकी विद्यार्थी विनिता चौलागाईंको शव नेपाल पठाउने उद्धेश्यले सहयोग जुटाउन थालिएको छ । गत सोमबार २६ अगष्टमा बेलायतको बर्मिंगहममा मृत भेटिएकी उनको शव पठाउन उनका साथीभाइको पहलमा गोफन्डमीमार्फत् सहयोग संकलन शुरु गरिएको हो । गोफन्डमी पेजमा उनका साथीहरुले जनाएअनुसार बारा नीजगढकी २२ वर्षीया विनिता उच्च शिक्षा अध्ययनका लागि गत वर्ष […]

Aug 30, 2024 - 15:38
 0
बेलायतमा आत्महत्या गरेकी विनिताको शव नेपाल पठाउन सहयोग जुटाइंदै


लन्डन- केही दिनअघि बेलायतमा आत्महत्या गरेकी विद्यार्थी विनिता चौलागाईंको शव नेपाल पठाउने उद्धेश्यले सहयोग जुटाउन थालिएको छ ।

गत सोमबार २६ अगष्टमा बेलायतको बर्मिंगहममा मृत भेटिएकी उनको शव पठाउन उनका साथीभाइको पहलमा गोफन्डमीमार्फत् सहयोग संकलन शुरु गरिएको हो ।

गोफन्डमी पेजमा उनका साथीहरुले जनाएअनुसार बारा नीजगढकी २२ वर्षीया विनिता उच्च शिक्षा अध्ययनका लागि गत वर्ष मात्रै बेलायत आएकी हुन् । उनी युनिभर्सिटी कलेज बर्मिंगहममा ब्याचेलर डिग्रीमा अध्ययनरत थिइन् ।

परिवारको आर्थिक अवस्था सामान्य रहेपनि बेलायत आउँदा लिएको २५ लाख रुपैयाको ऋणको बोझ विनितामाथि रहेको साथीहरुले बताएका छन् । त्यसमाथि पढाइको दबाब र परिवारदेखि टाढा हुंदाको एक्लोपनले सताउँदै जाँदा उनी बिस्तारै डिप्रेसनमा पुगेकी थिइन् ।

विनिताको असमायिक मृत्युबाट विक्षिप्त नेपालस्थित परिवारले उनको शब नेपालमै पुर्याएर अन्त्येष्टी गर्न चाहेका तर त्यसका लागि आर्थिक समस्या पर्ने भएपछि साथीहरुले सहयोग संकलन शुरु गरेको बताएका छन् ।

६ हजार पाउण्ड उठाउने लक्ष्य राखिएकोमा शुक्रबार दिउँसोसम्ममा आधा रकम जम्मा भइसकेको छ।

विनिताको शव उनको परिवारसम्म पुर्याउने कार्यमा सहयोग गर्नका लागि गोफन्डमीको पेजमा जान यहाँ क्लिक गर्नुहोस्।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register