नेप्लिज लेडिज कम्युनिटी टनब्रिजको तीज कार्यक्रममा रमाए नारीहरु (फोटोफिचर)

लन्डन । नेप्लिज लेडिज कम्युनिटी टनब्रिज यूकेले नारीहरुको महान पर्व तीजको अवसर पारेर एक विशेष कार्यक्रम गरेको छ ।  सेप्टेम्बर १ तारिख आइतबार टनब्रिजमा आयोजित कार्यक्रममा सयौंको संख्यामा महिला दिदीबहिनीलगायत पुरुषहरुको सहभागिता थियो । कम्युनिटी अध्यक्ष शिला रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी थिए नेपाली समाज टनब्रीज कम्युनिटी अध्यक्ष भेष थापा ।   अतिथिहरुमा […]

Sep 4, 2024 - 14:51
 0
नेप्लिज लेडिज कम्युनिटी टनब्रिजको तीज कार्यक्रममा रमाए नारीहरु (फोटोफिचर)


लन्डन । नेप्लिज लेडिज कम्युनिटी टनब्रिज यूकेले नारीहरुको महान पर्व तीजको अवसर पारेर एक विशेष कार्यक्रम गरेको छ । 

सेप्टेम्बर १ तारिख आइतबार टनब्रिजमा आयोजित कार्यक्रममा सयौंको संख्यामा महिला दिदीबहिनीलगायत पुरुषहरुको सहभागिता थियो ।

कम्युनिटी अध्यक्ष शिला रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी थिए नेपाली समाज टनब्रीज कम्युनिटी अध्यक्ष भेष थापा ।  

अतिथिहरुमा इन्द्रेणी कार्यक्रमकी लोकदोहोरी गायिका मनमाया वाईवा, निवर्तमान अध्यक्ष तमकला थापा, जेष्ठ सल्लाहकार बालकुमारी राना पनि सहभागी थिए ।

अध्यक्ष शिला राना र प्रमुख अतिथि भेष थापाले दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । 

सचिव ज्योति गुरुङले संचालन गरेको उक्त कार्यक्रममा राधिका प्रधान, सीता गुरुङ, ज्योती गुरुङ, नविना राना, आयुषी राना र अस्मिता रानाले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए । 

यसैगरी बाल कलाकारहरु कृसव श्रेष्ठ,सियारा श्रेष्ठ र युवरानी गुरुङले पनि नृत्य देखाए ।

गायिका मनमाया वाईवाले देउरालीमा फूलपाती, माली गाई, हावा सरर, सल्ला धुपैले, शिरैमा शिर फूललगायत थुप्रै गीत गएर मनोरन्जन प्रदान गरेकी थिइन् ।

यसैगरी वाईवाले ‘अरेली काँडैले’ बोलको गीत गएर उपस्थित दाजुभाईहरुलाईसमेत नचाएकी थिइन् । 

कार्यक्रममा उपाध्यक्ष गीता शाहीले स्वागत मन्तव्य दिएकी थिइन् भने भूपू अध्यक्ष एवम् सल्लाहकार तारा रानाले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी गराएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register