बेलायत आउंदैछन् राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही

लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही र प्रवास विभाग संयोजक आनन्द अधिकारी सेप्टेम्बर तेश्रो साता बेलायत आउने भएका छन् । उनीहरु ६ दिने भ्रमणका क्रममा सेप्टेम्बर २१ तारिख दिउसो बेलायत आइपुग्ने प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटाले जनाए । नेतात्रय २६ सेप्टेम्बर बिहीबार राती नेपाल फर्कने कार्यक्रम छ […]

Aug 31, 2024 - 13:02
 0
बेलायत आउंदैछन् राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही

लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही र प्रवास विभाग संयोजक आनन्द अधिकारी सेप्टेम्बर तेश्रो साता बेलायत आउने भएका छन् ।

उनीहरु ६ दिने भ्रमणका क्रममा सेप्टेम्बर २१ तारिख दिउसो बेलायत आइपुग्ने प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटाले जनाए । नेतात्रय २६ सेप्टेम्बर बिहीबार राती नेपाल फर्कने कार्यक्रम छ ।

पार्टी अध्यक्ष भएपछि लिङ्देनको पहिलोपटक बेलायत भ्रमण हुन लागेको हो । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शाही ‘भाइरल’ सांसद हुन् । 

ति नेताहरुसंग पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाजले आउंदो सेप्टेम्बर २२ तारिख आइतबार अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया गर्दैछ । स्कटल्याण्ड पनि अन्तरक्रिया गर्ने योजना भइरहेको छ ।

एम्पायर हलमा दुई चरणमा अन्तरक्रिया गरिने सापकोटाले जनाए । अन्तरक्रियामा बेलायतको नेपाली डायष्पोरासंग राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो धारणा राख्नेछ ।

विशेषगरि गैर आवासीय नेपालीका लागि पूर्ण अधिकारसहितको नागरिकता मुद्दालाई पार्टीले सकारात्मक रुपमा लिएको जनाउंदै सापकोटाले नेतात्रयको प्रत्यक्ष उपस्थितिमा अरु पार्टीभन्दा प्रोग्रेसिभ भएर यस सवाल उठाउने जनाए ।

‘हाम्रो पार्टी एनआरएनए र गोर्खा मागप्रति एकदम सकारात्मक छ । वंशजको नेपाली नागरिकता निरन्तरताप्रति पार्टीको तर्फबाट धारणा प्रस्तुत गरिने र 
डायष्पोराबाट समेत सहयोग अपेक्षा गरिएको छ’, सापकोटाले नेपालीलिंकसंग भने ।

अध्यक्ष सापकोटाले देश अहिले विकराल अवस्थाबाट 
ग्रुजिरहेकाले यसको सेफ ल्यान्डिङ गर्ने सवालमा पार्टीले आफ्ना कुरा राख्ने जनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register