पलेशालाई ऐतिहासिक कास्यपदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्यपदक हात पारेकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत शुक्रबार भएको के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतस्पर्धामा उनले कास्यपदक हात पारेकी हुन् । मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले कास्यपदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छन् । पहिलो […]

Aug 31, 2024 - 02:28
 0
पलेशालाई ऐतिहासिक कास्यपदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्यपदक हात पारेकी छन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत शुक्रबार भएको के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतस्पर्धामा उनले कास्यपदक हात पारेकी हुन् ।

मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले कास्यपदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छन् ।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध पाँच अङ्कको अग्रता लिँदा लिँदै उनी चुक्न पुगिन् ।

उनले उक्त खेल १०-८ ले गुमाएकी थिइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्यनजिक पुगेकी थिइन् ।

पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् । पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्यपदक विजेता हुन् ।

उनीसँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register