पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ : अन्तर्राष्ट्रिय फौजदारी अदालत

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियाबाट गिरफ्तार गर्नुपर्ने उल्लेख गरेको छ । पुटिनले अर्को हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको अदालतले उल्लेख गरेको छ । पुटिनले अर्को हप्ता मंगलबार मंगोलियाको भ्रमण गर्न सक्नेछन् । पुटिनले आईसीसीको सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो […]

Aug 31, 2024 - 06:04
 0
पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ : अन्तर्राष्ट्रिय फौजदारी अदालत

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियाबाट गिरफ्तार गर्नुपर्ने उल्लेख गरेको छ ।

पुटिनले अर्को हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको अदालतले उल्लेख गरेको छ । पुटिनले अर्को हप्ता मंगलबार मंगोलियाको भ्रमण गर्न सक्नेछन् ।

पुटिनले आईसीसीको सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो । आईसीसीका प्रवक्ता डाक्टर फादी अल-अब्दल्लाहले अदालत मंगोलियालगायतका सदस्य राष्ट्रहरूमा ‘आफ्नो आदेशको पालना गर्न’ निर्भर रहेको बताए । उनले आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यसमा सहयोग गर्नु मंगोलियाको दायित्व भएको उनको भनाइ थियो ।

मार्च २०२३ मा आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो । अदालतले रुस र युक्रेनबीच जारी सङ्घर्षमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको अदालतले जनाएको छ । तर, रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो ।

यता युक्रेनी अधिकारीहरूले पुटिनलाई मंगोलिया पुगेपछि पक्राउ गर्न माग गरेका छन् । युक्रेनी विदेश मन्त्रालयले भन्यो, “हामीहरूलाई आशा छ, मंगोलियालाई थाहा छ कि पुटिन युद्ध अपराधी हुन् भनेर ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register