बिर्तामोडमा ढक तराजुको नापजाँच शुरु

बिर्तामोड, १५ भदौ । गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले संघको कार्यालयमा आजदेखिबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार [...] The post बिर्तामोडमा ढक तराजुको नापजाँच शुरु appeared first on Jhapa Online.

Aug 31, 2024 - 07:41
 0
बिर्तामोडमा ढक तराजुको नापजाँच शुरु

बिर्तामोड, १५ भदौ । गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघले संघको कार्यालयमा आजदेखिबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच ढक तराजुको नापजाँच शुरु गरिएको हो ।

गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख यादवले मापदण्ड अनुसार नभएको ढक तराजु अनुगमनका क्रममा भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताए । संघका वाणिज्य उपाध्यक्ष जीवन खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन वाणिज्य सचिव राजकुमार साहले गरेका थिए ।

The post बिर्तामोडमा ढक तराजुको नापजाँच शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register