अस्ताए झापाका दुई राप्रपाका नेता

कचनकवल, २२ भदौ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का दुई जना अग्रज नेताको निधन भएको छ । कचनकवल गाउँपालिकाका दुई प्रभावशाली नेता अघनलाल राजवंशी र मोहनचन्द्र गणेशको निधन भएको हो । शुक्रबार साँझ १० बजे कचनकवल–७ स्थित आफ्नै निवासमा ८९ वर्षीय अघनलाल राजवंशीको निधन भएको हो । उनी राप्रपा कचनकवलका संस्थापक सदस्य तथा तत्कालीन बालुबाडी [...] The post अस्ताए झापाका दुई राप्रपाका नेता appeared first on Jhapa Online.

Sep 7, 2024 - 11:04
 0
अस्ताए झापाका दुई राप्रपाका नेता

कचनकवल, २२ भदौ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का दुई जना अग्रज नेताको निधन भएको छ । कचनकवल गाउँपालिकाका दुई प्रभावशाली नेता अघनलाल राजवंशी र मोहनचन्द्र गणेशको निधन भएको हो ।

शुक्रबार साँझ १० बजे कचनकवल–७ स्थित आफ्नै निवासमा ८९ वर्षीय अघनलाल राजवंशीको निधन भएको हो । उनी राप्रपा कचनकवलका संस्थापक सदस्य तथा तत्कालीन बालुबाडी पञ्चायत व्यवस्थापनका उपप्रधानसमेत थिए । राजवंशी लामो समयदेखि उच्च रक्तचाप र मृगौलासम्बन्धी रोगबाट पीडित थिए। उनको अन्त्येष्टि आजै दिपज्योति सामुदायिक वनमा गरिएको छ ।

त्यसैगरी, केचनाका पूर्व गाविस अध्यक्ष तथा राप्रपाका संस्थापक सदस्य मोहनचन्द्र गणेशको आज बिहान आफ्नै निवासमा निधन भएको छ। ७७ वर्षीय गणेश लामो समयदेखि क्यान्सरबाट पीडित थिए । राप्रपाका नेताहरूले दुबै नेताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन् ।

The post अस्ताए झापाका दुई राप्रपाका नेता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register