गगनको प्रतिवेदन परिमार्जन गरिने, शर्माको भने यथावत् राख्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति […]

Aug 31, 2024 - 08:00
 0
गगनको प्रतिवेदन परिमार्जन गरिने, शर्माको भने यथावत् राख्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए । कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकअघि दिउँसो पुन: पदाधिकारी बैठक बसि आवश्यक छलफल गरिने उनले बताए ।

केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए ।

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत् राख्ने विषयमा सहमति नजिक पुगिएको नेताहरुले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगायतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ ।

केहि दिन यता जारी केन्द्रीय समितिको बैठकमा विभिन्न प्रतिवेदन लगाएतका ११ एजेण्डाहरुमाथि छलफल भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register