एन्फा महिला लिग आजदेखि सुरु हुँदै, लिगमा कूल ६९ खेल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । उद्घाटन खेलका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यस्था गरिएको एन्फाले जनाएको […]

Sep 1, 2024 - 04:33
 0
एन्फा महिला लिग आजदेखि सुरु हुँदै, लिगमा कूल ६९ खेल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ ।

उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । उद्घाटन खेलका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यस्था गरिएको एन्फाले जनाएको छ ।

महिला लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन् ।

महिला लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । पहिलो चरणपछि शीर्ष पाँच टोली अर्को चरणमा प्रवेश गर्नेछन् । जहाँ पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् ।

सुपर लिगमा २० खेल हुनेछ । त्यसपछि शीर्ग शीर्ष चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाईनल हुनेछ ।

लिगमा कूल ६९ खेल हुने

महिला लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १–१ लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ गर्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register