पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो, डिजेल-मट्टितेल पनि सस्तियो 

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार बसेको निगमको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।  निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ । योसँगै अब पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, आलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र […]

Sep 1, 2024 - 04:45
 0
 पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो, डिजेल-मट्टितेल पनि सस्तियो 

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार बसेको निगमको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । 

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ ।

योसँगै अब पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, आलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज)मा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्ग (सुर्खेतदाङ्ग)मा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल)मा प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल क्रमशः १५१ रुपैयाँ ५० पैसा, १५३ रुपैयाँ र १५४ रुपैयाँ पर्नेछ । 

त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।

यता भारतीय आयल निगम (आईओसी)ले नयाँ मूल्यसूचीमा एलपी ग्याँसको खरिद मूल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसा बढाएर पठाएको भए पनि  आएको भए पनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register