बिर्तामोडका प्रकाश थापा जसले ७७ वर्ष पुग्दा पनि नागरिकता पाएनन्

उद्धव पुरी बिर्तामोड, १६ भदौ । उनी नेपालमै जन्मिएर ७७ बर्षको उमेरसम्म पनि नागरिकता लिन सकेका छैनन् । उनका दाजुभाई, श्रीमती र छोराको नागरिकता छ तर, उनको छैन । उनकी श्रीमतीको माइतमै नागरिकता बनेको थियो । त्यसकै आधारमा छोराको पनि बन्यो । अहिले श्रीमती र छोरा सल्लाह गरेर नै अलग्गै बस्दै आएका छन् । उनी [...] The post बिर्तामोडका प्रकाश थापा जसले ७७ वर्ष पुग्दा पनि नागरिकता पाएनन् appeared first on Jhapa Online.

Sep 1, 2024 - 04:50
 0
बिर्तामोडका प्रकाश थापा जसले ७७ वर्ष पुग्दा पनि नागरिकता पाएनन्

उद्धव पुरी

बिर्तामोड, १६ भदौ । उनी नेपालमै जन्मिएर ७७ बर्षको उमेरसम्म पनि नागरिकता लिन सकेका छैनन् । उनका दाजुभाई, श्रीमती र छोराको नागरिकता छ तर, उनको छैन । उनकी श्रीमतीको माइतमै नागरिकता बनेको थियो । त्यसकै आधारमा छोराको पनि बन्यो । अहिले श्रीमती र छोरा सल्लाह गरेर नै अलग्गै बस्दै आएका छन् । उनी हुन् बिर्तामोड–५ मा बस्दै आएका प्रकाश थापा ।

परिवारका सवै सदस्यको नागरिकता भएपनि प्रकाश भने ७७ बर्षसम्म नागरिकता बिहिन छन् । नेपाली नागरिकले ७७ बर्षसम्मको उमेरमा पनि नागरिकता लिन पाएका छैनन् भन्दा धेरैलाई अचम्व पनि लाग्न सक्ला । तर, झापाको बिर्तामोडमा बि।स। २०१८ सालदेखि बस्दै आएका ७७ बर्षिय थापाले भने अझै नागरिकता बनाउन सकेका छैनन् ।

रामेछापको गोलाखर्कमा बिस २००४ सालमा जन्मिएका थापाको अहिलेसम्म नागरिकता नहुँदा नेपाल सरकारले दिदै आएको जेष्ठ नागरिक भत्ताबाटसमेत बन्चित हुनु परेको छ । थापाकी श्रीमती डल्लि थापा र छोरा राम थापा हाल प्रकाशसँग बस्दैनन् । उनीहरु हाल अलग्गै बुट्टाबारीमा बस्दै आएपनि छोरा बेलाबेलामा बुबालाई भेट्न आउने जाने गरेको थापा बताउछन् ।

शिक्षाको कमिसँगै पटक–पटक आफुले नागरिकता बनाउन गरेको कोशिस असफल भएपछि नागरिकता बनाउन नसकेको थापाको गुनासो छ । उनले आफु नेपालमै जन्मिएको भएपनि राज्यको कुनैपनि प्रमाण आफुले नपाएका कारण राज्यले दिने सेवासुबिधाबाट बन्चित हुनु पेरकोले नागरिकता दिने बाताबरण बनाइदिन सवै समक्ष आग्रह गर्छन् ।

थापाले सवै राजनीतिक दल, सामाजिक ब्यक्तित्व, सामाजिक संघ÷संस्था साथै सरोकारवाला सम्पूर्णमा नागरिकता बनाउन पहल गरिदिन अपिलसमेत गरेका छन् ।

उनको जीवन कथा
बिस २००४ सालमा रामेछापको गोलाखर्कमा जन्मिएका थापा सानैछदा बुवाआमाको मृत्यु भएको थियो । प्रकाशका आमाबुबाको सानैमा मृत्यु भयो । जेठा दाजु हाल झापाको अर्जुनधारा–७ मा आएर बसेका थिए । चारभाई दाजुभाई मध्ये प्रकाश कान्छा थिए । उनी पनि १४ बर्षको उमेरमा जेठा दाजु डिल्ली थापाको घरमा आए । उनका साइलो दाजु बेपत्ता भएको र अहिलेसम्म सम्पर्कमा छैनन् । माइला दाजु रामबहादुर थापा उर्लाबारीमा बस्दै आएका थिए । उनको पनि मृत्यु भइरहेको छ । जेठा दाई डिल्ली र माइला दाजु रामकोसहित सवै परिवारको नागरिकता छ । तर, उनी आफ्नै देशमा नागरिकता बिहिन छन् ।

‘बुबा आमाको म सानैछदा मृत्यु भयो, बुबाआमाका पालामा नागरिता थिएन, प्रकाश भन्छन् ‘म पनि सहारा खोज्दै दाजुकहाँ आए, कहिले कता कहिले कता गर्दा मेरो बस्ने टुङ्गो पनि थिएन, शिक्षाको कमिले नागरिकता चाहिन्छ भन्ने जानकारी पनि भएन, जव नागरिकता चाहिन्छ भनेर प्रयास गरे बनाउन सकिन ।’

रामेछाप गोलाखर्कबाट २०१८ सालमा हाल अर्जुनधारा–७ मा रहेका थापाका दाजु डिल्ली थापाकोमा आए । ६ महिना दाजुसँग बस्दै आएका उनी सोही स्थानका धर्मप्रसाद ढकालको घरमा बाख्रा हेरेर बसे । त्यसपछि कामको खोजीमा भारतको कलकत्ता गए । भने जस्तो काम नभेएपछि पुनः दाजुकै घरमा फर्किए । फेरी सोही स्थानका हरिबिलास पटवारीको घरमा केटाकेटी हेर्ने काम गर्न थाले ।

बिस २०२४ देखि २०२७ सम्म काठमाडौं गएर इलेक्ट्रीसियनको काम सिके । फेरी झापा फर्किएर २०२८ सालमा बिर्तामोडस्थित बिर्ताबजारमा बसेर जीपमा खलासीको रुपमा काम गरे । बिर्तामोडका भरतलाल गिरीसँग चिनजान भएपछि गिरीबन्धु टि–स्टेटमा इलेक्ट्रीसियनको काम गरे । २०३८ सालमा पहिलो बिवाह गरेका उनको ती श्रीमतीसँग एक बर्षमै बिछोडपछि २०३९ सालमा दोस्रो बिवाह गरे । दोस्रो बिवाह गरेका थापाको एक मात्र सन्तान छोरा राम छन् । हाल थापाका श्रीमती र छोरा बुट्टाबारीमा बस्दै आएका छन् भने उनी बिर्तामोड–५ स्थित सुर्दशन गिरीको घरछेउमा बस्दै आएका छन् ।

पटक–पटकको प्रयास असफल
शिक्षाको कमिले समयमै नागरिकता लिन नसेका उनले नागरिकता बनाउनु पर्ने थाहा पाएसँगै धेरै कोशिस गरेको बताउँछन् । हाल सुर्दशन गिरी, भरतलाल गिरीसहित गिरी परिवारको संरक्षणमा बस्दै आएका थापाले नागरिकता लिनका लागि प्रयास भने नगरेका होइनन् । उनले २०५९ सालमा नागरिकताका लागि प्रयास गरे । तर, उनलाई नागरिकता बनाउने क्रममा घुस मागेपछि पैसा नभएर बनाउन सकेनन् ।

फेरी उनका भतिज, दाजु डिल्ली र भाउजु पुर्णमाया थापाले पनि उनको नागरिकता बनाइदिने कोशिस गरे । त्यहाँ पनि घुस नै मागेपछि पुनः उनको नागरिकता बनेन । त्यसपछि भने अहिलेसम्म थापा नागरिकता बिहिन छन् ।

नेपाल सरकारले ७० बर्षको उमेरदेखि सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । तर, प्रकाशको नागरिकता नबनिदा ७ बर्षदेखि भत्ताबाटसमेत उनी बन्चित भएका छन् । प्रकाशकी भाउजु पुर्णमायाले देवर प्रकाशको नागरिकता बनिए आफ्नो परिवार खुसी हुने बताइन् । ‘हामीले नागरिकता लागि धेरै प्रयास गरौं’ भाउजु पूर्णमायाले भनिन् ‘तर, बनाउन सकेनौं ।’ उनले प्रकाश नेपाली भएको र नागरिकता पाउने अधिकार पनि भएकाले सवैले नागरिकता बनाउन पहल र सहयोग गरिदिन आग्रह गरिन् ।

स्थानीयको भनाइ
सामाजिक ब्यक्तित्व बिर्तामोड–५ का सन्तोष गिरीले आफुले ८ बर्षको उमेरदेखि प्रकाशलाई चिनेको र उनी नेपालमै जन्मिएका र नेपाली भएकाले नागरिकता दिनु पर्नेमा जोड दिए । उनले सवै राजनीतिक दल, सामाजिक ब्यक्तित्व, सामाजिक संघ÷संस्थाले प्रकाशको नागरिकताका लागि पहल र सहयोग गर्नु पर्ने बताएका छन् । उनले प्रकाशको नागरिकताका लागि सक्दो सहयोग गर्नेसमेत आश्वसन दिएका छन् ।

त्यस्तै अर्का स्थानीय पुर्ण गोयलले प्रकाशलाई २०३१ सालदेखि नै चिनेको बताए । प्रकाशको नागरिकता छैन भन्नेसमेत उनलाई थाहा नभएको बताउँदै प्रकाशलाई नागरिकता दिलाउनका लागि सकेको सहयोग गर्ने बताए । भरतलाल गिरी, सुर्दशन गिरी, शंकर गिरी, अर्जुन खवासलगायतका स्थानीयले पनि प्रकाशलाई नागरिकता दिलाउन सक्दो सहयोग गर्ने बताएका छन् ।

The post बिर्तामोडका प्रकाश थापा जसले ७७ वर्ष पुग्दा पनि नागरिकता पाएनन् appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register