एक वर्षमा तीन जना अर्थमन्त्री झेल्नुपर्ने झन्झट आइलाग्यो, अब त्यो पुनरावृत्ति हुन्न : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा एक वर्षमा तीन जना अर्थमन्त्री झेल्नुपर्ने अवस्था अब पुनरावृत्ति नहुने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा उनले त्यस्तो अस्थिरताको चक्रबाट सापेक्षितरूपमा बाहिर निश्किएको बताए । अस्थिरताको प्रभाव अर्थतन्त्रमा पनि परेकाले राजनीतिक स्थिरता एवं नीतिगत स्थिरता दिने उद्देश्यको साथमा सरकार गठन भएको बताउँदै सरकारले विद्यमान […]

Sep 1, 2024 - 05:21
 0
एक वर्षमा तीन जना अर्थमन्त्री झेल्नुपर्ने झन्झट आइलाग्यो, अब त्यो पुनरावृत्ति हुन्न : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा एक वर्षमा तीन जना अर्थमन्त्री झेल्नुपर्ने अवस्था अब पुनरावृत्ति नहुने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा उनले त्यस्तो अस्थिरताको चक्रबाट सापेक्षितरूपमा बाहिर निश्किएको बताए ।

अस्थिरताको प्रभाव अर्थतन्त्रमा पनि परेकाले राजनीतिक स्थिरता एवं नीतिगत स्थिरता दिने उद्देश्यको साथमा सरकार गठन भएको बताउँदै सरकारले विद्यमान आर्थिक समस्या समाधान गर्न लागि परेको बताए । उनले भने, ‘नीतिगत स्थिरताको अनुकुल आधार तयार गरेको छ । तर, चाहेर पनि अर्थतन्त्रको सिथिलतालाई कम गर्न सकिएको छैन ।’

अपेक्षा र आलोचनाका बीचबाट मौद्रिक नीति ल्याएको उल्लेख गर्दै उनले मौद्रिक नीतिको सबैतर्फबाट स्वागत भएको बताए । अर्थमन्त्री पौडेलका अनुसार अझै अर्थतन्त्रका आधार सबल भइसकेको छैन । लगानीका वातावरण बन्न सकेको छैन ।

अर्थतन्त्रमा देखिएको सिथिलतालाई सुधार गर्नका लागि अझै हस्तक्षेप जरुरी रहेको बताउँदै अर्थमन्त्री पौडेलले अझ सशक्त हस्तक्षेपका लागि सरकार तयार रहेको उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register