ब्राजिलमा ट्विटर प्रतिबन्ध, प्लेस्टोर र एपस्टोबाट पनि हटाइने, भिपिएन प्रयोग गरेर चलाए १२ लाख जरिवाना ! 

काठमाडौँ । ब्राजिलमा सामाजिक सञ्जाल एक्स (ट्विटर)लाई प्रतिबन्ध लगाइएको छ । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले नयाँ कानूनी प्रतिनिधि नियुक्त गर्नको लागि दिएको समयसीमा पूरा नगरेपछि एक्सलाई प्रतिबन्ध लगाउन आदेश दिएका हुन् । न्यायाधीश एलेक्साण्ड्रे दे मोरेसले सोसल मिडिया प्लेटफर्म एक्सलाई प्रतिबन्ध लगाउन आदेश दिएका हुन् । एलन मक्सको एक्सले ब्राजिलमा गतल सूचनाहरू सम्प्रेषण गरेको भन्दै […]

Sep 1, 2024 - 05:09
 0
ब्राजिलमा ट्विटर प्रतिबन्ध, प्लेस्टोर र एपस्टोबाट पनि हटाइने, भिपिएन प्रयोग गरेर चलाए १२ लाख जरिवाना ! 

काठमाडौँ । ब्राजिलमा सामाजिक सञ्जाल एक्स (ट्विटर)लाई प्रतिबन्ध लगाइएको छ । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले नयाँ कानूनी प्रतिनिधि नियुक्त गर्नको लागि दिएको समयसीमा पूरा नगरेपछि एक्सलाई प्रतिबन्ध लगाउन आदेश दिएका हुन् ।

न्यायाधीश एलेक्साण्ड्रे दे मोरेसले सोसल मिडिया प्लेटफर्म एक्सलाई प्रतिबन्ध लगाउन आदेश दिएका हुन् । एलन मक्सको एक्सले ब्राजिलमा गतल सूचनाहरू सम्प्रेषण गरेको भन्दै गत अप्रिलदेखि विवाद भएको थियो । २० करोड जनसंख्या भएको ब्राजिलमा दुई करोड बढीले एक्सको प्रयोग गर्छन् ।

ब्राजिल सरकारसँग विवाद बढ्दै गएपछि एक्सले त्यहाँ रहेको आफ्नो कार्यालय बन्द गरेको थियो । न्यायाधीश मोरेसले एप्पलगुगलजस्ता कम्पनीहरूलाई एक्सलाई आफ्नो स्टोरबाट हटाउन र आइओएस र एन्ड्रोइड प्रणालीमा यसको प्रयोग ब्लक गर्न पाँच दिनको समय सीमा दिएका छन् । न्यायाधीश मोरेसले गलत सूचना फैलाएको आरोपमा पूर्व दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारोका समर्थकका एक्स खाताहरूलाई ब्लक गर्न आदेश दिएका थिए । उनले कम्पनीका कानूनी प्रतिनिधिहरूलाई कुनै पनि खाताहरू पुनः सक्रिय भएमा जिम्मेवार ठहरिने चेतावनी दिएका थिए ।

ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले पनि एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश पालनाको काम अघि बढेको बताएको रोयटर्सले जनाएको छ । उनले भीपीएन प्रयोग गरेर एक्समा खोलेमा प्लेटफर्मको पहुँच गर्न खोज्नेहरुलाई ब्राजिलियन रियल ५० हजार (नेपाली झण्डै १२ लाख) जरिवाना तिर्नुपर्ने चेतावनी पनि दिएका छन् ।

न्यायाधीशको आदेश अनुसार, एक्सले देशमा नयाँ कानूनी प्रतिनिधि नियुक्त नगर्दासम्म र ब्राजिलको कानून उल्लंघन गरेको कारण लागेका जरिवानाहरू नतिरेसम्म प्रतिबन्ध लागु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register