प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु, १७ मध्ये ४ जनाविरुद्ध मात्रै उजुरी
काठमाडौं । सरकारले १७ देशका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ आज सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिको बैठकमा प्रस्तावित राजदूतबारे सुनुवाइ सुरु भएको हो । १७ मध्ये आज चार देशमा प्रस्तावित राजदूतको सुनुवाइ हुने बताइएको छ । अहिले चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीको सुनुवाइ भएको छ । बैठकमा प्रस्तावित राजदूत ओलीले […]
काठमाडौं । सरकारले १७ देशका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ आज सुरु भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिको बैठकमा प्रस्तावित राजदूतबारे सुनुवाइ सुरु भएको हो । १७ मध्ये आज चार देशमा प्रस्तावित राजदूतको सुनुवाइ हुने बताइएको छ ।
अहिले चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीको सुनुवाइ भएको छ ।
बैठकमा प्रस्तावित राजदूत ओलीले कार्ययोजना प्रस्तुत गरेका छन् । उनले आफू राजदूत भएपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि पहल गर्ने लगायतका विषय समेटेका छन् ।
ओलीले कार्ययोजना पेश गरेपछि डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको संसदीय सुनुवाइ चलिरहेको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आइतबार ४ जनालाई बोलाएको छ ।
१७ मध्ये चारजनामाथि मात्रै उजुरी परेको छ । त्यसमा वटा व्यक्ति लक्षित र ५ सैद्धान्तिक गरी ९ वटा उजुरी परेका छन् ।
मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको छ ।
समितिले २३ गतेसम्म सुनुवाइ सकेर २४ भदौमा निर्णय सुनाउने तयारी गरेको छ ।
What's Your Reaction?