काठमाडौँका सडकमा भ्वाङ, समयमा निर्माण नसकिँदा यात्रुलाई सास्ती… (फोटो-कथा) 

काठमाडौँ । भारी वर्षाका कारण भासिएका काठमाडौँका सडक समयमा नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । साउन २५ गते भारी वर्षाका कारण काठमाडौँको कमलादीस्थित काठमाडौँ प्लाजा नजिकको सडक भासिएको थियो । सडक भासिए लगत्तै त्यस क्षेत्रको सम्पूर्ण आवतजावत पूर्ण रुपमा ठप्प पारिएको थियो ।  तर, सडक भासिएको थुप्रै दिन बितिसक्दा पनि सडक निर्माण नभएपछि यात्रुहरु मर्कामा […]

Sep 1, 2024 - 08:17
 0
काठमाडौँका सडकमा भ्वाङ, समयमा निर्माण नसकिँदा यात्रुलाई सास्ती… (फोटो-कथा) 

काठमाडौँ । भारी वर्षाका कारण भासिएका काठमाडौँका सडक समयमा नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

साउन २५ गते भारी वर्षाका कारण काठमाडौँको कमलादीस्थित काठमाडौँ प्लाजा नजिकको सडक भासिएको थियो । सडक भासिए लगत्तै त्यस क्षेत्रको सम्पूर्ण आवतजावत पूर्ण रुपमा ठप्प पारिएको थियो । 

तर, सडक भासिएको थुप्रै दिन बितिसक्दा पनि सडक निर्माण नभएपछि यात्रुहरु मर्कामा परेका छन् । हाल सडक भासिएको ठाउँमा सडक विभागले ‘निर्माण कार्य भइरहेको छ’ भन्ने बोर्ड लगाएर आवतजावत रोकेको छ । 

तर, सडक पुनर्निनिर्माणको कामले गति नलिँदा यात्रुलाई भने सास्ती भएको छ । यसअघि न्युरोडको फुटपाथ रातारात बनाएको सडक विभागले भासिएको कमलादीको सडक महिनौँ बित्न लाग्दा पनि नबाएपछि सडक विभागप्रति स्थानीय आक्रोशित बनेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register