घुमफिरका लागि उत्कृष्ट गन्तव्य बन्दै रसुवाको मैलुङ्ग झरना (फोटो-कथा)

काठमाडौँ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागिआन्तरिक पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । चलनचल्तीको रुपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैनुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ । सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक […]

Sep 1, 2024 - 08:17
 0
घुमफिरका लागि उत्कृष्ट गन्तव्य बन्दै रसुवाको मैलुङ्ग झरना (फोटो-कथा)

काठमाडौँ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागिआन्तरिक पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । चलनचल्तीको रुपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैनुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ ।

सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाईमा परेको छ सो झरना ।

राजधानी काठमाडौँ देखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरबाइक, बसको प्रयोग गरी पुग्न सकिन्छ । जहाँ त्रिसुली नदी मुनीबाट बगेको छ भने मैलुङ्ग झरना माथी पट्टी रहेको छ ।

गर्मी बढे सँगै सो झरनामा गर्मी छल्न मान्छेको भिड बढ्ने गरेको स्थानियहरु बताउँछन् । त्यस्तै अन्य दिनहरुको तुलनामा शनिवार भने अत्याधिक भिड लाग्ने गर्दछ । बाँकी तस्वीरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register