ग्रिस पठाउने भन्दै ७ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.  ११ बस्ने ३७ वर्षीय सन्देश कार्की रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले गौशालाबाट पक्राउ गरेको हो । कार्कीले ३ जनालाई ग्रिस पठाईदिने भन्दै ७ […]

Sep 8, 2024 - 08:11
 0
ग्रिस पठाउने भन्दै ७ लाख ठग्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.  ११ बस्ने ३७ वर्षीय सन्देश कार्की रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले गौशालाबाट पक्राउ गरेको हो ।
कार्कीले ३ जनालाई ग्रिस पठाईदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई भदौ १९ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register