सप्तऋषीको पूजा गरेर धुमधामसँग मनाइयो ऋषी पञ्चमी (फोटो-कथा)

काठमाडौँ । आजको दिन सनातन हिन्दु धर्मावलम्बी नारीहरूले सप्तऋषीको पूजा गरी ऋषि पञ्चमी पर्व मनाएका छन् । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नारीहरू बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो […]

Sep 8, 2024 - 09:39
 0
सप्तऋषीको पूजा गरेर धुमधामसँग मनाइयो ऋषी पञ्चमी (फोटो-कथा)

काठमाडौँ । आजको दिन सनातन हिन्दु धर्मावलम्बी नारीहरूले सप्तऋषीको पूजा गरी ऋषि पञ्चमी पर्व मनाएका छन् ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नारीहरू बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

आज काठमाडौँको पशुपतिनाथ, टेकुस्थित ऋषेश्वर मन्दिरलगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भिड लाग्ने गर्छ । र आइतबार बिहानैदेखि काठमाडौँको टेकुस्थित ऋषेश्वर र काठमाडौँको गुह्येश्वरी मन्दिर वरीपरि श्रद्धालु महिला भक्तजनले सप्तऋषीको विशेष पूजाआराधना गरेर ऋषीपञ्चीम पर्व मनाएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register