इभीमय बन्यो नाडा अटो शो, यस्ता छन् अवलोकनकर्ताका धारणा र चासो (भिडिओसहित)

प्रदर्शनीमा राखिएका चार पाङ्ग्रे, दुई पाङ्ग्रे, र साना खाले व्यावसायिक सवारी साधनहरू मध्ये ७५ प्रतिशत विद्युतीय सवारी साधन थिए, जसले सम्पूर्ण प्रदर्शनलाई इभीमय बनायो ।

Sep 1, 2024 - 10:29
 0
इभीमय बन्यो नाडा अटो शो, यस्ता छन् अवलोकनकर्ताका धारणा र चासो (भिडिओसहित)

काठमाडौं । पछिल्लो समय नेपालको अटो बजारमा विद्युतीय सवारी साधनको प्रभावले नयाँ युगको सुरुवात हुँदैछ । राजधानीमा भइरहेको नाडा अटो शो २०२४ को अन्तिम दिनसम्ममा पनि यस्तै देखियो ।

प्रदर्शनीमा राखिएका चार पाङ्ग्रे, दुई पाङ्ग्रे, र साना खाले व्यावसायिक सवारी साधनहरू मध्ये ७५ प्रतिशत विद्युतीय सवारी साधन थिए, जसले सम्पूर्ण प्रदर्शनलाई इभीमय बनायो ।

यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङग्रे ब्रान्डहरू, १९ वटा दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ वटा साना खाले व्यावसायिक सवारी साधनहरू प्रदर्शनीमा राखिएका थिए ।

अर्थतन्त्रमा भार कम 

यस वर्षको नाडा अटोले दिएको छुटले आफूलाई आकर्षित गरेको अवलोकनकर्ता लोकराज पाण्डे बताउँछन् । नेपालमा इभी गाडीहरूको आवश्यकता रहेको उनको भनाई छ ।

‘नेपालमा पेट्रोल, डिजेल बाहिरबाट ल्याउनुपर्ने अवस्था छ तर विद्युतको सम्भावना त नेपालमा राम्रो छ । त्यसैले पनि नेपाल इभीमय बन्नुपर्छ ।’ उनी आगामी दिनमा सरकारले इभी कार्यक्रमहरूलाई अझ सशक्त बनाउँदै विद्युतीय सवारी साधनमा जोड दिए अर्थतन्त्रलाई भार कम पर्ने उनको धारणा छ ।

नयाँ नेपालको अटो बजार: इभीमय भविष्य

नाडा अटो शोमा सहभागी भईरहेका प्रिस्टेज भण्डारीले यस वर्षको प्रदर्शनीलाई फरक अनुभव गरिरहेका छन् ।

उनी भन्छन्, ‘हिजोका दिनमा पेट्रोलबाट चल्ने गाडीको वर्चस्व थियो, तर अब इभीले बजार समात्ने संकेत देखिएको छ ।’

सुरक्षा ग्यारेन्टी र चार्जिङ स्टेसनलगायतका सुविधाहरू उचित भए इभीले बजारलाई इभीमय बनाउनेमा उनी विश्वस्त छन् ।

इभी गाडीले यसरी बजार समातिरहँदा सुरक्षाको ग्यारेन्टीसँगै चार्जिङ स्टेसनलगायतका सुविधा उचित भए बजार इभीमय बन्दा राम्रै हुने उनी सुनाउँछन् ।

‘नेपालमा अब चल्ने भनेकै इभी गाडीहरू हो । विदेशतिर त प्राय सबै इभी नै चल्छ, अब हाम्रोतिर नि बिस्तारै सुरुवात हुँदै छ ।’ अर्का अवलोकनकर्ता दयाराम श्रेष्ठले बताए ।

अवलोकनमा आएका दयाराम श्रेष्ठ पनि यही मत राख्छन् । ‘नेपालमा अब चल्ने भनेकै इभी गाडीहरू हुन्। बिस्तारै यो प्रवृत्ति बढ्दै छ, विदेशतिर त प्रायः सबै इभी नै चल्छ’ उनी भन्छन् ।

नाडा अटो शो अवलोकनमा आएका शेषराज काफ्ले आफूलाई निकै प्रभावकारी र रमाइलो लागेको अनुभव सुनाउँछन् । अहिलेको समयानुसार नेपालको अटो बजारले पनि स्वरूप फेर्दै जानु उचित रहेको उनले बताए ।

इभीको अपरेसन र मेन्टेनस कस्ट सस्तो पर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्दै गएको उनको भनाइ छ ।

संकट र अवसरको दोबाटो

तर, सबै कुरा सकारात्मक मात्र छैन । विद्युतीय सवारी साधनको प्रयोग बढेपनि केही ग्राहकहरूले भने संकोच महसुस गरिरहेका छन् ।

इभी गाडीमा भएको दुर्घटना र आगलागीका घटनाहरूले उपभोक्ताहरूमा शंका उत्पन्न गरेको देखिन्छ । शेषराज काफ्ले भन्छन्, ‘इभी नेपालमा अझै पूर्ण रूपमा स्थापित भइसकेको छैन, त्यसैले सर्भिसिङ र चार्जिङको सहजीकरणमा समस्या हुनसक्छ।’

तापनि विभिन्न चुनौती पार गर्दै नेपाली अटो बजारले इभीमय भविष्यतर्फ पाइला चालिरहेको कतिपय सवारी ग्राहकहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register