एनवइइएफले सफलतापूर्वक सम्पन्न गर्यो दुई दिने कार्यक्रम

काठमाडौँ । नेपाली युवा उद्धमी मंच (एनवइइएफ)ले आफ्नो दुई दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टाइगर प्यालेसमा गरेका थिए । कार्यक्रममा माननीय सांसद वासुदेव घिमिरे, माननीय सांसद तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खांड, एफइनसीसीआई सदस्यहरू, लुम्बिनी प्रदेश एफइनसीसीआई अध्यक्ष तथा विभिन्न संघसंस्थाका अध्यक्ष, सरकारी अधिकारी, कर्पोरेट […]

Sep 1, 2024 - 11:41
 0
एनवइइएफले सफलतापूर्वक सम्पन्न गर्यो दुई दिने कार्यक्रम

काठमाडौँ । नेपाली युवा उद्धमी मंच (एनवइइएफ)ले आफ्नो दुई दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टाइगर प्यालेसमा गरेका थिए ।

कार्यक्रममा माननीय सांसद वासुदेव घिमिरे, माननीय सांसद तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खांड, एफइनसीसीआई सदस्यहरू, लुम्बिनी प्रदेश एफइनसीसीआई अध्यक्ष तथा विभिन्न संघसंस्थाका अध्यक्ष, सरकारी अधिकारी, कर्पोरेट तथा प्रतिष्ठित उद्योगी तथा रुपन्देहीका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

एनवइइएफ रुपन्देही शाखाका अध्यक्ष ऋषव ओझाको अध्यक्षता र विशिष्ट अतिथि एनवइइएफ राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । जसमा ओझाले सबैलाई स्वागत गरे। एनएलसीको उद्देश्य प्रस्तुत गर्दै श्रेष्ठले उद्घाटन मन्तब्य दिए । कार्यक्रममा पोखरा च्याप्टरलाई सबैभन्दा बढी सहभागी भएको र काठमाडौं च्याप्टरका सन्दीप शर्मालाई पहिलो दर्ता गर्ने व्यक्तिको रुपमा सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा राष्ट्रिय दोस्रो उपाध्यक्ष निविता प्रधानले धन्यवाद ज्ञापन गर्दै रुपन्देही च्याप्टरका दोस्रो उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिश कसौधनले समापन मन्तव्य दिए ।

कार्यक्रममा देशभरका १४ वटा शाखाका १२० एनवइइएफ कार्यकारी समिति सदस्यहरूले भाग लिएका थिए। राष्ट्रिय गभर्निङ काउन्सिलले सम्पूर्ण कार्यक्रमलाई आयोजना गरेको थियो, जबकि एनवइइएफ रुपन्देही च्याप्टरले होस्टको रूपमा सेवा गर्यो। पहिलो दिन रवि रायमाझीले मुख्य मन्तव्य राखेका थिए भने दोस्रो दिनको वक्ताको रुपमा सुरज वैद्यले श्रोतालाई प्रबोधन गरेका थिए ।

सम्मेलनले धेरै समानान्तर ट्र्याकहरू प्रशिक्षण सत्रहरू र योजना सत्रहरू प्रस्तुत गरेको थियो जसको उद्देश्य सबै एनवइइएफ च्याप्टरहरूलाई एकतामा सञ्चालन गर्न पङ्क्तिबद्ध गर्न, सीपहरू विकास गर्ने, उद्यमशीलताको मानसिकतालाई बढावा दिने, र एनवइइएफ लाई अझ ठूलो उचाइमा पुर्‍याउनेमा फोकस थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register