दुई महिनामा सेयर बजारबाट झण्डै ७ अर्ब राजश्व संकलन, बजार बढाउन आवश्यक कदम चाल्न सरकार तयार

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई महिनामा सेयर बजारबाट झण्डै ७ अर्ब राजश्व संकलन भएको बताएका छन् ।  बुधबार नेप्सेको कार्यलय पुगेका अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको दुई महिनामा सेयर बजारबाट ६ अर्ब ८० करोड बढी राजश्व संकलन भएको बताएका हुन् । उनले साउनमा ४ अर्ब २३ करोड रुपैयाँ र भदौमा दुई अर्ब […]

Sep 19, 2024 - 08:12
 0
दुई महिनामा सेयर बजारबाट झण्डै ७ अर्ब राजश्व संकलन, बजार बढाउन आवश्यक कदम चाल्न सरकार तयार

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई महिनामा सेयर बजारबाट झण्डै ७ अर्ब राजश्व संकलन भएको बताएका छन् ।  बुधबार नेप्सेको कार्यलय पुगेका अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको दुई महिनामा सेयर बजारबाट ६ अर्ब ८० करोड बढी राजश्व संकलन भएको बताएका हुन् ।

उनले साउनमा ४ अर्ब २३ करोड रुपैयाँ र भदौमा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताएका थिए । अघिल्ला वर्षहरुमा वर्षभारीमा ५ अर्ब मात्र राजस्व संकलन हुने गरेको अर्थमन्त्रीले बताएका थिए ।

अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै सेयर बजारको सम्भावना, समस्या र समाधानका उपायका विषयमा सम्बन्धित संस्थाहरुभित्र र सार्वजनिक रुपमा पनि धेरै छलफल भईरहेको जनकारी दिएका थिए । त्यस्तै, राजनीतिक रुपमा अहिले सेयर बजार नघटेको भन्दै बजार बढाउन आवश्यक कदम चाल्न सरकार तयार रहेको उनले बताएका थिए । ‘सरकार पुँजी बजारको दिगो, भरपर्दो र विश्वसनीय विकासको पक्षमा छ ।’ उनले भने ।

उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेण्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरुलाई निर्देशन दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register