बीआरआईबारे सरकारको निर्णय कार्यान्वयन गर्ने प्रस्तावित राजदूत ओलीको प्रतिबद्धता

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले बीआरआईबारे सरकारले लिने नीति तथा निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार सङ्घीय संसद्को संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत ओलीले यस्तो बताएका हुन् ।  सांसदहरूले सोधेका प्रश्न र सुझाएका विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रस्तावित राजदूत ओलीले भने, “बीआरआईमा हामी कसरी जाने भनेर सरकारको जे […]

Sep 1, 2024 - 11:45
 0
बीआरआईबारे सरकारको निर्णय कार्यान्वयन गर्ने प्रस्तावित राजदूत ओलीको प्रतिबद्धता

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले बीआरआईबारे सरकारले लिने नीति तथा निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार सङ्घीय संसद्को संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत ओलीले यस्तो बताएका हुन् ।  सांसदहरूले सोधेका प्रश्न र सुझाएका विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रस्तावित राजदूत ओलीले भने, “बीआरआईमा हामी कसरी जाने भनेर सरकारको जे निर्णय हुन्छ, राजदूतले त्यसरी नै जाने हो । कार्यान्वयन मेरो काम हो ।”

चीन सरकारको ऋणमा निर्माण गरिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नेबारे पनि सांसदहरूले प्रश्न गरेका थिए । जवाफमा प्रस्ताविद राजदूत ओलीले सरकारको तहबाट नै उक्त कार्य भइरहेकाले आफूले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register