फेरी सडकमा उत्रिए सहकारी पीडित 

काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौताहरू कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारीमा बचत गरिएको रकम फिर्ता गर्ने वातावरण बनाउँदै यसअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडित महासंघको अगुवाइमा आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन भएको हो । उनीहरूले निक्षेपको साँवा ब्याज अविलम्ब फिर्ता गर्नुपर्ने माग राखेका छन् । […]

Sep 1, 2024 - 13:41
 0
फेरी सडकमा उत्रिए सहकारी पीडित 

काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौताहरू कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारीमा बचत गरिएको रकम फिर्ता गर्ने वातावरण बनाउँदै यसअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडित महासंघको अगुवाइमा आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन भएको हो ।

उनीहरूले निक्षेपको साँवा ब्याज अविलम्ब फिर्ता गर्नुपर्ने माग राखेका छन् । काठमाडौंको रत्नपार्कबाट जुलुस निकालेर न्युरोड सुन्धरा परिक्रमा गर्न खोज्दा भद्रकाली नजिक प्रहरीले प्रदर्शनकारीलाई रोकेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल समेत भएको थियो ।

तेस्रो चरणको आन्दोलन सुरु गरेको लामो समयसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register