एसिड पीडित सांसद् कंशाकारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रहेकी एसिड पीडित बिन्दबासिनी कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । कंशाकारको उपचारमा खर्च भएको रकमध्ये फैसला बमोजिम मनासिब क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल […]

Sep 1, 2024 - 13:41
 0
एसिड पीडित सांसद् कंशाकारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रहेकी एसिड पीडित बिन्दबासिनी कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

कंशाकारको उपचारमा खर्च भएको रकमध्ये फैसला बमोजिम मनासिब क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल गरी पीडित राहत कोषमा शोधभर्नाको व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताए ।

उनको मुद्दा जिल्ला अदालत मकवानपुरले फैसला सुनाएको छ भने उच्च अदालतमा विचाराधीन छ ।

उनी २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा तेजाब आक्रमणमा परेकी थिइन् । आक्रमण गर्ने भारतीय नागरिक कमलराज केंसार जेलमा छन् ।
समानुपातिकतर्फ जनजाति महिलाको सूचीमा रहेकी कंशाकार तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा परेपछि अटाएकी हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register