झापामा महिला–पुरुषले गरे एकै दिन आत्महत्या

झापा, १६ भदौ । झापाको अर्जुनधारामा एक किशोरीले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले पनि आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेपछि पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधारा नगरपालिका–६ लक्ष्मीटोलकी अन्दाजी २४ वर्षकी नम्रता पाठकले शुक्रबार सोही स्थानका कृष्ण ढुङ्गेललाई ह्वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । [...] The post झापामा महिला–पुरुषले गरे एकै दिन आत्महत्या appeared first on Jhapa Online.

Sep 1, 2024 - 13:54
 0
झापामा महिला–पुरुषले गरे एकै दिन आत्महत्या

झापा, १६ भदौ । झापाको अर्जुनधारामा एक किशोरीले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले पनि आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेपछि पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् ।

अर्जुनधारा नगरपालिका–६ लक्ष्मीटोलकी अन्दाजी २४ वर्षकी नम्रता पाठकले शुक्रबार सोही स्थानका कृष्ण ढुङ्गेललाई ह्वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । पूजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा कोही नभएको समयमा झुण्डिएर आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ ।

The post झापामा महिला–पुरुषले गरे एकै दिन आत्महत्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register