जनताको मन जित्ने गरी काम गर्ने सामर्थ्य माओवादीसँग मात्रै छ : अध्यक्ष प्रचण्ड

झापा, १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मन जित्ने गरी काम गर्ने सामर्थ्य माओवादीसँग मात्रै रहेको बताउनुभएको छ । नेपालगञ्जमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी मात्र नभएर एउटा सिङ्गो राजनीतिक र सामाजिक आन्दोलन भएको उहाँले बताउनुभयो । कार्यकर्तालाई सङ्गठन निर्माण र विस्तारमा जुट्न आह्वान गर्नुहुँदै अध्यक्ष [...] The post जनताको मन जित्ने गरी काम गर्ने सामर्थ्य माओवादीसँग मात्रै छ : अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

Sep 1, 2024 - 13:46
 0
जनताको मन जित्ने गरी काम गर्ने सामर्थ्य माओवादीसँग मात्रै छ : अध्यक्ष प्रचण्ड

झापा, १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मन जित्ने गरी काम गर्ने सामर्थ्य माओवादीसँग मात्रै रहेको बताउनुभएको छ ।

नेपालगञ्जमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी मात्र नभएर एउटा सिङ्गो राजनीतिक र सामाजिक आन्दोलन भएको उहाँले बताउनुभयो । कार्यकर्तालाई सङ्गठन निर्माण र विस्तारमा जुट्न आह्वान गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अब पार्टीलाई २०६४ सालकै अवस्थामा फर्काउने उद्घोष गर्छु ।’

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार निवारण, सुशासन र सामाजिक न्याय तथा विकासका क्षेत्रमा थुप्रै काम गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो । ‘२०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको इतिहास साक्षी छ, पार्टीभित्र देखिएका विभिन्न विकृति र निरन्तर जनतामाझ जान नसकिएका कारण अहिले जनसमर्थन केही घटेको जस्तो देखिएको छ, तर त्यसलाई हामी अब पुनर्जागृत गर्छौं’, उहाँले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले सरकारको नेतृत्व गर्दा जनहितका पक्षमा काम गरेकाले माओवादीप्रति जनताको विश्वास कायमै रहेको उल्लेख गर्नुभयो ।

The post जनताको मन जित्ने गरी काम गर्ने सामर्थ्य माओवादीसँग मात्रै छ : अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register