योगेश भट्टराईको ‘हिंसा’प्रति वाइसीएल झापाद्वारा भर्त्सना

बिर्तामोड, १३ भदौ । प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको प्रति योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वाइसीएल झापाले बिहीबार एक विज्ञप्ती जारी गर्दै जनयुद्धलाई हिंसा भनेर दिएको अभिव्यक्तिप्रति वाइसीएल झापाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जनताको अधिकार प्राप्तिको लागि जनताद्वारा स्वतस्फुर्त रुपमा गरिएको आन्दोलनको जगबाट [...] The post योगेश भट्टराईको ‘हिंसा’प्रति वाइसीएल झापाद्वारा भर्त्सना appeared first on Jhapa Online.

Aug 29, 2024 - 12:36
 0
योगेश भट्टराईको ‘हिंसा’प्रति वाइसीएल झापाद्वारा भर्त्सना

बिर्तामोड, १३ भदौ । प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको प्रति योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वाइसीएल झापाले बिहीबार एक विज्ञप्ती जारी गर्दै जनयुद्धलाई हिंसा भनेर दिएको अभिव्यक्तिप्रति वाइसीएल झापाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जनताको अधिकार प्राप्तिको लागि जनताद्वारा स्वतस्फुर्त रुपमा गरिएको आन्दोलनको जगबाट पटक-पटक लाभ लिनुका साथै आफ्‌ना ुबाुलाई खुशी बनाउने उद्देश्यका साथ बोलिएको उक्त वाक्यांशप्रति वाइसीएलले घोर आपत्ति भएको जनाएको छ ।

ुएमाले काग्रेसको पछिल्लो अव्यवहारिक गठजोड अघि प्रचण्ड नेतृत्वको माओवादी सरकारले गरेको देशको सुशासन, जनतालाई लोडसेडिङ मुक्त बनाउने अभियान र भ्रष्टचारीहरु विरुद्ध गरिएको कारबाहीहरुबाट आत्तिएको गिरीबन्धु, यति, ओम्नी, शरणार्थी काण्डका मतियारहरुबाट जनतालाई दिग भ्रमित गरी पुरानै व्यवस्थामा फर्काउने गरी संविधान बिरोधी गतिविधिको रुपमा हिजो मिति २०८१ साल भाद्र १२ गते गरिमामय सदनमा ताप्लेजुङ्गका माननीय सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेर दिएको अभिव्यक्तिप्रति वाईसीएल झापाको गंभिर ध्यानाकर्षण भएको छ,ु विज्ञप्तीमा उल्लेख छ ।

‘जनताको अधिकार प्राप्तिको लागि जनताद्वारा स्वत स्फुर्त रुपमा गरिएको आन्दोलनको जगबाट पटक पटक लाभ लिनुका साथै आफ्‌ना ‘बा’लाई खुसी बनाउने उद्देश्यका साथ बोलीएको उक्त वाक्यांशप्रति हाम्रो घोर आपत्ति हुनुका साथै कडा भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘महान जनयुद्धले साहस, विरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तको सपनालाई आत्मसाथ गरेको थियो । जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ति राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारु लगायत उत्पिडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरण सहित उनिहरुको पहिचान र अधिकार स्थापित भएको छ । सामाजिक न्यायको उन्नत व्यवस्था सहित समाजवादोन्मुख संविधान निर्माण र कार्यन्वयन सम्भव भएको छ । यसर्थ यूग परिवर्तनका प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’

The post योगेश भट्टराईको ‘हिंसा’प्रति वाइसीएल झापाद्वारा भर्त्सना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register