विश्वकप लिग–२ को तयारीको लागि नेपाली क्रिकेट टोली श्रीलङ्का

झापा, १६ भदौ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किएको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । [...] The post विश्वकप लिग–२ को तयारीको लागि नेपाली क्रिकेट टोली श्रीलङ्का appeared first on Jhapa Online.

Sep 1, 2024 - 15:14
 0
विश्वकप लिग–२ को तयारीको लागि नेपाली क्रिकेट टोली श्रीलङ्का

झापा, १६ भदौ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किएको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो ।

नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानका अनुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ । टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् । यस्तै, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् ।

The post विश्वकप लिग–२ को तयारीको लागि नेपाली क्रिकेट टोली श्रीलङ्का appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register