झाडा पखालाका कारण आज चार जनाको मृत्यु

झापा, १६ भदौ । बाँकेको नरैनापुरमा झाडा पाखाका कारण आज ४ जनाको मृत्यु भएको छ । नरैनापुर –३ गेगलीमा एक्कासि फैलिएको झाडापखालाबाट गाउँका १० जना बिरामी परेका छन् भने ४ जनाको मृत्यु भएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले जानकारी दिनुभयो । हरिराम पासीको श्रीमती, मोहन लाल पासीको श्रीमती, राम बिहारीको डेढ वर्षको छोरी [...] The post झाडा पखालाका कारण आज चार जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 1, 2024 - 15:10
 0
झाडा पखालाका कारण आज चार जनाको मृत्यु

झापा, १६ भदौ । बाँकेको नरैनापुरमा झाडा पाखाका कारण आज ४ जनाको मृत्यु भएको छ ।

नरैनापुर –३ गेगलीमा एक्कासि फैलिएको झाडापखालाबाट गाउँका १० जना बिरामी परेका छन् भने ४ जनाको मृत्यु भएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले जानकारी दिनुभयो । हरिराम पासीको श्रीमती, मोहन लाल पासीको श्रीमती, राम बिहारीको डेढ वर्षको छोरी र सखावत अलिको अन्दाजी १० वर्षको छोराको मृत्यु झाडापखालाकै कारण भएको हो ।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वतथ्यकर्मीको भनाई छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

The post झाडा पखालाका कारण आज चार जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register