बाल श्रमशोषण गर्ने एमाले सांसद पक्राउ नगरेकोमा बालेनको आपत्ति, ओलीलाई दिए दबाब

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् । आइतबार साँझ मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै सामाजिकसंजाल मार्फत् आपत्ति जनाएका छन् । उनले फेसबुकमा  सांसद शर्माको फोटोसहित स्टाटस शेयर गर्दै  प्रधानमन्त्री केपी शर्मा  ओलीलाई […]

Sep 1, 2024 - 15:49
 0
बाल श्रमशोषण गर्ने एमाले सांसद पक्राउ नगरेकोमा बालेनको आपत्ति, ओलीलाई दिए दबाब

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् । आइतबार साँझ मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै सामाजिकसंजाल मार्फत् आपत्ति जनाएका छन् ।

उनले फेसबुकमा  सांसद शर्माको फोटोसहित स्टाटस शेयर गर्दै  प्रधानमन्त्री केपी शर्मा  ओलीलाई सामाजिक सञ्जाल मार्फत दबाब दिएका छन् ।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ’  उनले लेखेका छन्,’काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ ।’

‘सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’ उनले लेखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register