बमको धम्की दिएपछि भारतको आन्तरिक उडान डाइभर्ट गरियो

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गरेको अधिकारीहरूले बताएका छन् । मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगोको विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरतर्फ डाइभर्ट गरिएको थियो । अधिकारीहरूका अनुसार, सबै यात्रु र चालक दललाई अवतरण गरिएको र विमानको विस्तृत जाँच गरिएको थियो । […]

Sep 1, 2024 - 16:17
 0
बमको धम्की दिएपछि भारतको आन्तरिक उडान डाइभर्ट गरियो

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गरेको अधिकारीहरूले बताएका छन् ।

मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगोको विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरतर्फ डाइभर्ट गरिएको थियो ।

अधिकारीहरूका अनुसार, सबै यात्रु र चालक दललाई अवतरण गरिएको र विमानको विस्तृत जाँच गरिएको थियो । टोलीले विमान भित्र कुनै शंकास्पद वस्तु फेला पारेन ।

उक्त घटना दिल्ली लगायत देशका विद्यालय, एयरपोर्ट, सपिङ मल्ल र अस्पतालहरूमा पठाइएको बम धम्कीहरूको श्रृङ्खलामध्ये सबैभन्दा नयाँ रहेको छ ।

गत जुनमा, भारतको नागरिक उड्डयन सुरक्षा निकाय, नागरिक उड्डयन सुरक्षा ब्यूरोले यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register