प्रणामी युवा परिषद् झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित

बिर्तामोड, १६ भदौ । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित भएका छन् । बैगुन्धुरामा सम्पन्न युवा परिषदको ३४ औं साधारणसभा तथा १३ औं जिल्ला अधिवेशनबाट खतिवडा तीन बर्षे कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत भएका हुन् । उनी यस अघि परिषदको उपाध्यक्ष थिए । त्यस्तै परिषदको अधिवेशनले उपाध्यक्षमा कुमार कार्की, [...] The post प्रणामी युवा परिषद् झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित appeared first on Jhapa Online.

Sep 1, 2024 - 16:18
 0
प्रणामी युवा परिषद् झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित

बिर्तामोड, १६ भदौ । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित भएका छन् ।

बैगुन्धुरामा सम्पन्न युवा परिषदको ३४ औं साधारणसभा तथा १३ औं जिल्ला अधिवेशनबाट खतिवडा तीन बर्षे कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत भएका हुन् । उनी यस अघि परिषदको उपाध्यक्ष थिए ।

त्यस्तै परिषदको अधिवेशनले उपाध्यक्षमा कुमार कार्की, उमेश मिश्र, सचिवमा बासु पाण्डे, सह–सचिवमा युवराज शिवाकोटी (मिलन), कोषाध्यक्षमा सुसन खतिवडा र सह–कोषाध्यक्षमा डिल्ली पाण्डेलाई सर्वसम्मत गरेको छ ।

त्यस्तै सदस्यहरुमा युवराज कट्टेल, कृष्ण थपलिया, सन्दिप पौडेल, ज्योति प्रसाद न्यौपाने, पुन्य प्रसाद दाहाल, मातृका भट्टराई, थिरेन्द्र भेटवाल, याम प्रसाद संग्रौला, मनोज रिजाल, प्रलाद खड्का र भुवन कटुवाल चयन भएका छन् ।

युवा परिषदको केन्द्रिय उपाध्यक्ष टंक ओझा संयोजक रहेको निर्वाचन समितिको सदस्यमा परिषदको केन्द्रिय उप महासचिव सुवास रिजाल, केन्द्रिय सदस्य मदन अधिकारी, दिपक दिनेश दाहाल, प्रदेश अध्यक्ष अनिल ढुङ्गाना, बाइजुराज अध्यक्ष मिरा अधिकारी ओली रहेका थिए ।

युवा परिषद झापा अध्यक्ष टहलदास ओलीले आर्थिक तथा सांगठनिक प्रतिवेदन सहित अध्यक्षता गरेको कार्यक्रम झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपी सांवाको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोह सम्पन्न भएको हो ।

उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांवाले परिषद सेवामुखि धार्मिक भएकाले समाज र सबैको हित हुने कार्य गर्न प्रणामी धर्मावलम्बीहरुलाई उनले आग्रह गरे ।

उपाध्यक्ष सुरज सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन युवा परिषद सचिव मोहन अधिकारीले गरेका थिए ।

कार्यक्रममा युवा परिषद केन्द्रिय अध्यक्ष जगदिस चन्द्र शर्मा, प्रणामी मन्दिर बैगुनधुरा अध्यक्ष माधव खतिवडा, सत्सङ सेवा परिषद झापा अध्यक्ष मिलन बस्नेत, बाइजुराज झापा अध्यक्ष मिरा अधिकारी ओली, गौरादह ९ का वडाध्यक्ष उपेन्द्र निरौला लगायतले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रममा युवा परिषदका ७ वटा उत्कृष्ट दमक, सदगुरु सदन बिर्तामोड, बाहुनडांगी, चारपाने, बैगुनधुरा, बचनकवल प्रा.सलाई पुरस्कृत गरिएको थियो । साथै परिषदका ३१ प्वटै प्रा.स.लाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

The post प्रणामी युवा परिषद् झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register