कांग्रेस महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसको गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनहरू केन्द्रीय समिति बैठकले परिमार्जनसहित पारित गरेको छ । साउन २३ गतेदेखि आइतबार सम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरू परिमार्जनसहित पारित गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । महतले भने, ‘महामन्त्रीद्वय र उपसभापतिले प्रस्ताव राख्नुभएको थियो । परिमार्जन गरेर […]

Sep 1, 2024 - 16:09
 0
कांग्रेस महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसको गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनहरू केन्द्रीय समिति बैठकले परिमार्जनसहित पारित गरेको छ ।

साउन २३ गतेदेखि आइतबार सम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरू परिमार्जनसहित पारित गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

महतले भने, ‘महामन्त्रीद्वय र उपसभापतिले प्रस्ताव राख्नुभएको थियो । परिमार्जन गरेर पास गर्न महासमितिले अनुमति दिएको थियो, आज संशोधनसहित पारित भयो ।’

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकपछि प्रवक्ता महतले गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालको रणनीतिक विषय भएकाले अहिले त्यस विषयमा कुनै निर्णय नलिई पार्टीको संगठनलाई मजबुद बनाउने र एक्लै चुनाव जित्ने अवस्था सिर्जना गर्नेमा केन्द्रीत हुने निर्णय गरेको बताए ।

उनका अनुसार महामन्त्री थापाको प्रस्तावका सन्दर्भमा पार्टी संगठनलाई चुस्तरुपमा अघि बढाउने, गाउँ-गाउँमा संगठन मजबुद बनाउने, सक्रिय सदस्यता नवीकरण र वितरण गर्ने निर्णय भएको छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको ‘एक्जिट पोलेसी’सम्बन्धी प्रस्तावमा भने बैठकले कुनै निर्णय नलिएको उनले बताए । उनका अनुसार कांग्रेसमा त्यसबारे छलफल भएपनि अहिले नै निर्णय गर्नुपर्ने आवश्यकता पार्टीले ठानेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register