मेटमणिको प्रष्टीकरण : कालापानी-लिपुलेकबारे केही सेकेण्डको अंशलाई लिएर दुष्प्रचार गरियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले आफ्नो अभिव्यक्तिको गलत अर्थ लगाइएको बताएका छन् । एक टेलिभिजनमा अन्तर्वार्तामा कालापानी-लिपुलेक भारतको हो भनेको विषयमा स्पष्टीकरण दिँदै चौधरीले यस्तो बताएका हुन् । उनले गलत महाकाली सन्धिको कारणले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दाबी गरिरहेको र महाकाली सन्धि नै सच्चाउनु पर्ने विषयलाई […]

Sep 13, 2024 - 13:08
 0
मेटमणिको प्रष्टीकरण : कालापानी-लिपुलेकबारे केही सेकेण्डको अंशलाई लिएर दुष्प्रचार गरियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले आफ्नो अभिव्यक्तिको गलत अर्थ लगाइएको बताएका छन् ।

एक टेलिभिजनमा अन्तर्वार्तामा कालापानी-लिपुलेक भारतको हो भनेको विषयमा स्पष्टीकरण दिँदै चौधरीले यस्तो बताएका हुन् ।

उनले गलत महाकाली सन्धिको कारणले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दाबी गरिरहेको र महाकाली सन्धि नै सच्चाउनु पर्ने विषयलाई इंगित गरेको दाबी गरेका छन् ।

तर, केही सेकेण्डको अंशलाई लिएर सामाजिक सञ्जालमा दुष्प्रचार गर्न खोजिएको उनको भनाइ छ ।

उनले भने, ‘म मुलुकको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति प्रतिबद्ध रहने कुरामा कुनै आशंका नगर्न आग्रह गर्दछु । र, उक्त भूभाग हाम्रो पार्टीको समेत दाबीका आधारमा संविधानको अंग बनाइएको कुरामा म सदैव सचेत थिए, छु र रहने छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register