‘मल्टी पोलारिटी फोरम’मा सहभागी हुन अध्यक्ष नेपाल रुस प्रस्थान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् । अध्यक्ष नेपाल सम्मेलनमा सहभागी हुन आज राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने भनिएको छ । ‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा अध्यक्ष नेपाल […]

Sep 2, 2024 - 01:09
 0
‘मल्टी पोलारिटी फोरम’मा सहभागी हुन अध्यक्ष नेपाल रुस प्रस्थान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् ।

अध्यक्ष नेपाल सम्मेलनमा सहभागी हुन आज राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने भनिएको छ । ‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा अध्यक्ष नेपाल सहभागी हुने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए  ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्नुहुने जनाइएको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

पार्टीको नेता तथा कार्यकर्ता नेपाललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register