नाडा अटो शोको ‘मैझारो’ : बिवाईडीले राष्ट्रघाती काम सच्यायो, गाडी बुकिङ धमाधम रद्ध हुँदै !

काठमाडौँ । नाडा अटो शो सम्पन्न भएको छ । गत भदौ ११ गतेबाट सुरु भएको नाडा अटो शो अन्तत: आइतबार समापन भएको हो । विवाईडीले गरेको ‘राष्ट्रघाती’ कामले सुरुवाती चरणमै विवादमा तानिएको शो सकिँदै गर्दा बिवाईडीले आफ्नो गलत काम भने सच्याएको छ । हजारौंले हेर्ने नाडा अटो शोको नाकैमा नेपालको चुच्चे नक्सा नै गायब गरेर […]

Sep 2, 2024 - 03:05
 0
नाडा अटो शोको ‘मैझारो’ : बिवाईडीले राष्ट्रघाती काम सच्यायो, गाडी बुकिङ धमाधम रद्ध हुँदै !

काठमाडौँ । नाडा अटो शो सम्पन्न भएको छ । गत भदौ ११ गतेबाट सुरु भएको नाडा अटो शो अन्तत: आइतबार समापन भएको हो ।

विवाईडीले गरेको ‘राष्ट्रघाती’ कामले सुरुवाती चरणमै विवादमा तानिएको शो सकिँदै गर्दा बिवाईडीले आफ्नो गलत काम भने सच्याएको छ । हजारौंले हेर्ने नाडा अटो शोको नाकैमा नेपालको चुच्चे नक्सा नै गायब गरेर ‘राष्ट्रघाती काम’ गरेको बिवाईडीले अन्तिममा आफ्नो काम सच्याएको हो ।

बिवाईडीले गरेको हर्कतका विषयमा अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि अन्तत: बिवाईडीले आफ्नो गलत काम सच्याएको हो ।

गाडी बुकिङ धमाधम रद्ध हुँदै !
नाडा अटो शोको बीचतिर गाडी बुकिङ बढेपनि अन्तिम समयमा भने गाडी बुकिङ नै रद्ध हुन थालेका छन् । केहि समयभित्रै गाडीको मूल्य ह्वात्तै घटेर आउने प्रक्षेपण, विधुतीय गाडी दुर्घटनामा परेका खबर लगायतले गाडी बुकिङ रद्ध भएको एकातर्फ देखिएको छ भने अर्कोतर्फ बजारमा सेयरको भाउ घटेपछि केहि समय अगाडी महँगो मूल्यमा सेयर बेचेर गाडी बुक गरेकाहरु गाडी बुकिङ रद्ध गरेर सेयर किन्न थालेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register