भू–माफियाको चंगुलमा बिर्तामोडका ४८ परिवार, उठिबास हुने अवस्था

झापा, १७ भदौ । बिर्ताामोड नगरपालिका –३ सैनिकमोड पश्चिम करेलाबारीका स्थानीयवासीले आफूहरुलाई भू–माफियाले उठिबास लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । विगत केही वर्षदेखि भू–माफियाले आफूहरु बसोवास गरिरहेको जमिनको जग्गा धनीपूर्जा लिएर नापजाँचका लागि आउने गरेको र आफूहरुलाई घर खाली गर्न भन्दै धम्क्याउँदै आएको बताए । २०३८ सालदेखि सो क्षेत्रमा बसोवास गर्दै आएको बताउने स्थानीय [...] The post भू–माफियाको चंगुलमा बिर्तामोडका ४८ परिवार, उठिबास हुने अवस्था appeared first on Jhapa Online.

Sep 2, 2024 - 03:10
 0
भू–माफियाको चंगुलमा बिर्तामोडका ४८ परिवार, उठिबास हुने अवस्था

झापा, १७ भदौ । बिर्ताामोड नगरपालिका –३ सैनिकमोड पश्चिम करेलाबारीका स्थानीयवासीले आफूहरुलाई भू–माफियाले उठिबास लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । विगत केही वर्षदेखि भू–माफियाले आफूहरु बसोवास गरिरहेको जमिनको जग्गा धनीपूर्जा लिएर नापजाँचका लागि आउने गरेको र आफूहरुलाई घर खाली गर्न भन्दै धम्क्याउँदै आएको बताए ।

२०३८ सालदेखि सो क्षेत्रमा बसोवास गर्दै आएको बताउने स्थानीय कल्टु राजवंशीले भू–माफियाले आफूहरुलाई घरवार विहीन बनाउन खोजेको गुनासो गरे । यो जमिन हाम्रो हो भन्दै पटक–पटक भूमाफियाको टोली घर खाली गराउन आउँछन् – उनले भने – भूमाफियाले करेलावारीमा आँखा लगाउँदा म मात्र होइन ४८ परिवारको उठिबास लाग्ने अवस्था छ । बिर्तामोड–३ को करेलावारी टोल विकास
संस्था अन्तरगत सैनिकमोड पश्चिममा रहेको अन्धुवा खोलाको किनार पहिला चिहानघारी थियो –उनले भने – यो जमिन ऐलानी हो, यो जमिनमा २०३६ साल अघिदेखि बसोवास रहेपनि अहिले भूमाफिया धनीपूर्जा निकालेर जग्गा हत्याउन लागीपरेका छन् ।

भूमाफियाले सुकुम्वासी बस्ती रहेको खोलाको किनारको जग्गा आफ्नो नाममा दर्ता गरेपछि सुकुम्बासीवस्तीका स्थानीय आक्रोशित बनेका छन् । भूमाफियाले सो जमिन आफ्नो बनाउन लागेको भन्दै नेपाली कांग्रेस बिर्तामोड वडा नम्वर –३ ले विज्ञप्ति जारी गर्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । वडाका कार्यवाहक सभापति वाशुदेव माझी र सचिव सुवास भट्टराईले विज्ञप्ति जारी गर्दै सुकुम्वासी माथि विभिन्न तरिकाले डर, त्रास देखाउने तथा उक्त जग्गा आफ्नो हो भनी घर खाली गर्न दवाव दिई त्रासपूर्ण वातावरण सृजना गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा विगत ४५ वर्ष अघिदेखि बसोवास गर्दै आएका भूमिहीन सुकुम्वासीमाथि भूमाफियाले बदनीयतपूर्ण कार्य गरेको भन्दै पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको उल्लेख छ । स्थानीय भूमिहीन नागरिकले बसोवास गरी आएको जग्गा भूमाफियाले हडपी पुनः करेलावारीवासीलाई भूमिहीन बनाउन खोजेको प्रति पार्टी खेद् प्रकट गर्दछ – विज्ञप्तिमा भनिएको आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

The post भू–माफियाको चंगुलमा बिर्तामोडका ४८ परिवार, उठिबास हुने अवस्था appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register