डेङ्गी सङ्क्रमणबाट मृत्यु

झापा, १७ भदौ । चितवनमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि [...] The post डेङ्गी सङ्क्रमणबाट मृत्यु appeared first on Jhapa Online.

Sep 2, 2024 - 03:14
 0
डेङ्गी सङ्क्रमणबाट मृत्यु

झापा, १७ भदौ । चितवनमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।

The post डेङ्गी सङ्क्रमणबाट मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register