चन्द्रमालाई अर्ग दिएर चौरचन पर्व मनाइयो

सुनसरी, २१ भदौ । चन्द्रमाको आराधना दर्शन गरेर अर्ग दिई गणेश चतुर्थी अर्थात् (चौरचन पर्व) समापन भएको छ । साँझ उदाउँदै गरेको चन्द्रमालाई अर्ग दिई चौरचन पर्व समापन भएको हो । घर मूली महिला दिनभरि निराहार व्रत बसी साँझ चन्द्र दर्शन गरेर अर्ग दिई समापन भएको दुहबी ६ कि व्रतालु सरिता यादवले बताउनुभयो । चन्द्रमाको [...] The post चन्द्रमालाई अर्ग दिएर चौरचन पर्व मनाइयो appeared first on Jhapa Online.

Sep 6, 2024 - 16:08
 0
चन्द्रमालाई अर्ग दिएर चौरचन पर्व मनाइयो

सुनसरी, २१ भदौ । चन्द्रमाको आराधना दर्शन गरेर अर्ग दिई गणेश चतुर्थी अर्थात् (चौरचन पर्व) समापन भएको छ । साँझ उदाउँदै गरेको चन्द्रमालाई अर्ग दिई चौरचन पर्व समापन भएको हो ।

घर मूली महिला दिनभरि निराहार व्रत बसी साँझ चन्द्र दर्शन गरेर अर्ग दिई समापन भएको दुहबी ६ कि व्रतालु सरिता यादवले बताउनुभयो । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा, पिरुकीया र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने परम्परा छ ।

पर्वमा घर मूली महिला ब्रतालुले एक दिन पूर्व नै व्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने गर्दछन् । भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाइको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन र चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलित गर्दै घर मूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर व्रत समापन गर्ने परम्परा रहिआएको छ ।

हिन्दू मैथिली परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन घरमुली महिलाले दिनभर निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाता बताउँछन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व चन्द्र उदयको गणनाले चौथी पर्ने दिन मनाइने चलन रहेको मैथिली पण्डित जितेन्द्र ठाकुरले बताउनुभयो ।

भाद्र शुक्ल चौथीमा विधिपूर्वकको चन्द्र दर्शनले झुटो अबगाल कहिल्यै नलाग्ने, मित्रहरू बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शीतलता प्राप्त हुने जनविश्वास रहिआएको छ । द्वापर युगमा सत्राजित परिवारको श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अबगाल मेट्न चन्द्र व्रत गरे लगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमद्भागवत महापुराण र कृष्ण लिला काव्यमा वर्णित छ ।

The post चन्द्रमालाई अर्ग दिएर चौरचन पर्व मनाइयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register